• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गाउँघरमा देखिन छाडे ढिकी र जाँतो

by
२ कार्तिक २०८०,
0
गाउँघरमा देखिन छाडे ढिकी र जाँतो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् ।

कुटानी, पिसानीको सहज माध्यमका रुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेको हो । मानिस उत्पादनमुखीभन्दा पनि बाहिर बजारबाट आउने चामल, दाललगायत सामग्री प्रयोग गर्ने भएकाले पनि ढिकी, जाँतोको चलन हराउँदै गएको छ ।

विगतमा ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम हुने भए पनि पछिल्लो समयमा आधुुनिक मिलको सहायताले मानिस कुटानी, पिसानी गर्दै आएका छन् ।

दशकअघिसम्म एउटा घरमा ढिकी, जाँतो अनिवार्य हुने गरेको भए पनि त्यो चलन हराउँदै गएको स्थानीय ९८ वर्षीय वृद्ध बेनीबहादुर विष्टले बताए ।

अबको १२(१५ वर्षमा यी उपकरण चलाउने प्रचलन पूर्णरुपमा लोप हुने उनको भनाइ छ । “पहिला गाउँघरमा ढिकी, जाँतो अनिवार्य जस्तो नै थियो”, उनले भने, “सबैका घरमा ढिकी, जाँतो हुन्थ्यो । तर अहिले त्यस्तो अवस्था रहेन । प्रविधिको विकाससँगै ढिकी जाँतोका चलन इतिहास बन्ने अवस्था छ ।”

गाउँघरमा विद्युत् पुगेसँगै यहाँका अधिकांश ठाउँमा विद्युत्बाट चल्ने मिल राखेर धान कुटानी, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागतरूपमा चल्दै आएका ढिकी, जाँतो हराउन थालेका हुन् । कुटानी, पिसानीका लागि आधुनिक मिलले सहज भए पनि ढिकी, जाँतो भने लोप हुँदै गएको स्थानीयको भनाइ छ ।

मानिसले बढी मेहनत गर्नुपर्ने भए पनि ढिकी, जाँतोमा कुटेका खाने कुरा स्वास्थ्यकरसँगै स्वादिष्ट हुने टेम्केमैयुङ– ५ की स्थानीय मसिनी माया विष्ट बताउछिन् ।

“आधुनिक मिलमा कुटानी, पिसानीका लागि सहज छ”, उनले भनिन्, “तर यसरी कुटिएको अन्नको स्वाद राम्रो हुन्न । ढिकी, जाँतोमा कुटेर, पिसेर खाँदा स्वाद नै फरक हुन्छ । मिलमा कुटानी, पिसानीको लागि छिटो हुने भएकोले ढिकी, जाँतोको चलन हराएको छ ।” गाउँका प्रत्येकजसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनको भनाइ छ ।

भौगोलिकरूपमा विकट र विद्युत् पुग्न नसकेका गाउँमा भने अहिले पनि ढिकी तथा जाँतोको प्रयोग हुने गरे पनि विद्युत् पुगेका ठाउँमा परम्परागतरूपमा रहेका ढिकी तथा जाँतो प्रयोग गर्ने चलन हराएको स्थानीयवासी हिरालाल लुइँटलले बताए ।

“विद्युत् विस्तार भएका ठाउँमा ढिकी, जाँतोको प्रयोग हटेको छ”, उनले भने, “तर विद्युत् नपुगेका ठाउँमा भने अहिले पनि ढिकी, जाँतो प्रयोग गर्दै आएका छन् । प्रविधिको विकासले ढिकी, जाँतोको चलन हराउँदै गएको छ ।”

सहजतासँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतो इतिहास बन्ने अवस्था आएको लुइँटेलले बताए । परम्परागतरूपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतोलाई संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

मेहनत धेरै परे पनि अन्य मिलको तुलनामा घरेलु तरिकाले काम गरिने भएकाले कम खर्चिलो हुने उनले बताए ।

ढिकी र जाँतोमा नकुटी नहुने पूजाआजामा प्रयोग गरिने पिठोलगायत कुट्नका लागि ढिकी अनिवार्य जस्तो नै रहेको उनको भनाइ छ ।

“मेहनत बढी परे पनि ढिकी, जाँतोको सहजताले कुटिएका खानेकुरा लाभदायक हुन्छ”, उनले भने, “यस्तो चलन गाउँघरबाट नै हराउँदै जानु दुःखद् हो । यी कुराहरुलाई हामी पनि संरक्षण गर्न आवश्यक छ ।”

आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व भने नष्ट हुने स्थानीयवासीको भनाइ छ ।

Previous Post

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

Next Post

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In