हामीले खाएको खाना शरीरका लागि मात्र नभई यसको सम्बन्ध मस्तिष्कसँग पनि जोडिएको हुन्छ । जतिबेला मनले खाना माग्छ त्यतिबेला हामी खान्छौं । हामीले खाना तरिका नपु¥याइ खायौँ भने शरीरमा फाइदा भन्दा बेफाइदा बढी हुन्छ ।
व्यक्ति अनुसार खाना खाने तौरतरिका फरक भए पनि कतिपय मानिस भने रिस उठ्दा वा दुःखी हुँदा सामान्य भन्दा बढी खाना खान्छन् । यहाँ यस्ता केही खानेकुराको बारेमा बताइएको छ जुन सेवन गर्दा रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ —
– सुन्तलामा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट तत्वहरु हुन्छन्, जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ । यसका साथै यसले शरीरमा हाइड्रेसन गर्छ र यसको स्वादले रिसलाई भुलाउँछ ।
– हरियो सागसब्जीमा एन्टिअक्सिडेन्ट उच्च हुने हुनाले त्यसले मुडलाई शान्त बनाउन मद्दत गर्छ । सागसब्जीमा पाइने पोषक तत्वले मांसपेशीलाई आराम दिन्छ । त्यसैले जब रिस उठ्छ काँक्रो, मटर र हरियो सागपात खाने हो भने रिस कम भएर जान्छ ।
– काजु, बदाम र पास्ता जस्ता चीज खाँदा यसले शरीरमा ओमेगा–३ फ्याटी एसिड बढाउँछ र रिस नियन्त्रण गर्न मद्दत गर्दछ । त्यस्तै नरिवलले ग्लुकोजको स्तर कम गर्ने हुँदा दिमागमा शान्त प्रभाव हुन्छ । यसमा भएको म्याग्नेसियमले निद्रा बढाउँछ र दिमागलाई शान्त बनाउँछ ।
– भिटामिन ‘डी’को कमीले रिसलाई बढाउन सक्ने हुँदा भिटामिन ‘डी’को कमी पूरा गर्न माछा, अण्डाको पहेंलो भाग र च्याउ जस्ता खानेकुरा खाँदा रिस कम हुन्छ ।













