• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालगञ्ज दुर्गा मूर्तिले झकिझकाउ

by
१ कार्तिक २०८०,
0
नेपालगञ्ज दुर्गा मूर्तिले झकिझकाउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा– बडादसैँको आगमनसँगैे ऐतिहासिक सहर नेपालगञ्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोक–चोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ ।

नेपालगञ्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन । एउटै टोलमा दुई–तीनवटा मूर्ति स्थापना गरिएको छ । दसैँको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए। उनका अनुसार दुर्गा मूर्तिमा घटस्थापनाका दिनदेखि राति अबेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ । दुर्गा मूर्ति स्थापना भएपछि मात्रै दसैँको उमङ्ग सुरु हुने गर्दछ ।

घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा मूर्तिको आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । नेपालगञ्जमा दसैँको भोलिपल्ट एकादशीका दिन दुर्गा भवानीको मूर्तिलाई राप्ती नदीमा लगेर विसर्जन गरिन्छ ।

नेपालगञ्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गापूजाको रौनकता छाएको छ । एकाबिहानदेखि अबेर रातसम्म भजनकीर्तन हुने गरेको छ । घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर, चौराह भजनकीर्तनमय भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए।

उनका अनुसार, बाँकेका गल्ली, चोक, चौराह र मन्दिरमा चार सयको हाराहारीमा दुर्गामूर्ति स्थापना गरिएको अनुमान छ । दुर्गा मूर्तिमा बालबालिकादेखि वृद्धवृद्धासम्म पूजाआजा र भजनकीर्तनका लागि पुग्ने गरेका छन् । दुर्गा मूर्तिको स्थापनासँगै राति अबेरसम्म पनि नेपालगञ्जवासी बजारका चोक–चोकमा घुमिरहने रामलीला हेर्ने परम्परा जस्तै भएको उनको भनाइ छ ।

नेपालगञ्जका मुख्य सडक, चोक र गल्लीमा समेत दुर्गामूर्ति स्थापना गरी पूजापाठ भइरहेको छ । नेपालगञ्जका गल्ली–गल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।

Previous Post

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने पुल अधुरै

Next Post

नेप्से परिसूचकः ४३ अंकले वृद्धि

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
सेयर बजार निरन्तर उकालोमा, पाँच अर्बभन्दा बढीको कारोबार

नेप्से परिसूचकः ४३ अंकले वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In