• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थारू बस्तीमा दसैँको रौनक

by
१ कार्तिक २०८०,
0
थारू बस्तीमा दसैँको रौनक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ । बडादसैँमा मात्र नाचिने थारूको सखिया र झुम्रा नाच सुरु भएको छ ।

सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा)को आवाजले थारू गाउँमा अहिले बेग्लै रौनक छाएको छ ।

थारूहरुको घरआँगनमा अहिले मादल र मञ्जिराको झानकारमा महिलाले सखिया नाच्दै रमाइरहेको दृश्यले गाउँमा बेग्लै रौनक देखिएको छ ।

धेरै गाउँमा दसैँ नजिकिएदेखि सखिया र झुम्रा नाच सुरु भइसकेको छ । कतिपय गाउँमा घटस्थापनाको दिनदेखि यो नाच सुरु भएको छ ।

“ढिक्रीका लागि चामलको पीठो तयार छ, सुकेको माछा ९सिद्रा० पनि तयार गरेका छौ”, घोराही उपमहानगरपालिका–१७ कर्जाहीका राममोति चौधरीले भने, “हाम्रो गाउँमा दसैँ लागिसक्यो, नाचगान हुन थालेको छ, कूल देउतालाई चढाउने सामग्री तयार गरेका छौँ, आँगनमा बाबरीको फूल मगमगाइरहेको छ, मासुको परिकारका लागि ९जिता०को तयारी गरेका छौँ, कुलदेउतालाई चढाउने ९छाकी० रक्सी गोलरा ९माटोको भाँडो० मा तयारी गरेका छौँ ।”

दसैँको नाचले गाउँघर रमाइलो भएको छ । करिब ७५ घर थारू समुदायको बस्ती रहेको गाउँमा युवापुस्ताले नाच सिक्ने र पुरानो पुस्ताले सिकाउने काम चलिरहेको बताए । थारू समुदायमा दसैँलाई नवमीका दिनमा धुमधामसँग मनाइन्छ । सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ ।

थारू समुदायमा दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया र झुम्रा नाच नाच्ने गरिन्छ । झुम्रा नाच र दसैँ विशेष विभिन्न सांस्कृतिक कार्यक्रम गरेर गाउँघर रमाइलो भएको छ ।

घोराही–१७ क्वाडीका पूर्ण चौधरी भन्छन्, “परम्परागत चाड दसैँमा अरू समुदायभन्दा थारू समुदायको फरक हुन्छ, सखिया र झुम्रा नाचले दसैँको रौनकलाई अझ बढाएको हुन्छ, नवमीको दिन बिहानै कुलदेवतालाई भेरवा ९कुभिन्डोबाट बनाएको भेडा० र भालेको बलि दिने गरिन्छ र त्यसको पित्तर ९पिण्ड० दिने चलन छ ।”

त्यस दिन बलि दिइएको कुखुरा र कुभिन्डो पकाएर घरका सबैले खाने गर्छन् । नवमीका दिन थारू युवायुवती रातभर सखिया र झुम्रा नाच नाच्ने गर्छन् ।

प्रायः युवकले मादल बजाउने र युवतीले नाच्ने प्रचलन छ । रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दसैँको गरिमालाई समेत बढाएको हुन्छ ।

घोराही–३ का थारू अगुवा हिमलाल चौधरी भन्छन्, “घटस्थापनाका दिनदेखि थारू बस्तीमा झनै रमाइलो भएको छ, थारू बस्तीको नाचगान हेर्दा गाउँघरका सबैलाई रमाइलो भएको छ ।” यो नाचमा नाच्नेहरु हरेक वर्ष नयाँ पहिरन लगाएर नाच्ने गर्छन् ।

थारू समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि विशेषगरी नाचसँगै दसैँमा गाउने गरिन्छ ।

सखिया नाच्नका लागि १५–२० युवतीले सेतो रङको फरिया तथा रातो चोलिया र रिबन लगाउने गर्छन् ।

युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाई मादल भिरेर बजाउने चलन छ । सखिया नाच मादलको तालसँगै तीन खण्डमा नाच्ने गरिन्छ ।

यसपालिको दसैँमा दाङका थारू बस्तीमा मादल बज्न सुरु भएका छन् । नाचगानले गाउँघरमा रौनक थपिएको छ । पाँच वर्षदेखि सखिया नाच नाच्दै आएकि घोराही–१७ की सरिता चौधरी दसैँका लागि नाचको तयारी गर्न पाउँदा खुसी भएका छन् ।

उनले भनिन्, “दसैँ आउन अब केही दिन बाँकी हुँदा गाउँबस्तीमा थारू नाचगान सुरु भएको छ, यसपालि आफू पनि नाचमा भाग लिन पाउँदा धेरै खुसी लागेको छ, दाङका सबै थारू बस्तीमा अहिले सखिया र झुम्रा नाचले गाउँको रौनक नै फरक भइसकेको छ ।”

युवायुवती परम्परागत पोसाक र गहना लगाएर साँझ पर्नासाथ गाउँमा सखिया र झुम्रा नाचमा रमाइरहेका छन् । थारू भाषामा ‘सखी’को अर्थ साथी  हुन्छ ।

साथीहरूसँगै नाच्ने हुनाले यसलाई सखिया भनिएको थारू कल्याणकारी सभाका पूर्वअध्यक्ष भुवन चौधरी बताउछन् । सखियालाई ‘बर्का नाच’ पनि भन्ने गरिन्छ ।

सखियामा देवीदेवताको पूजाआजा गरी नाचिने हुनाले यसलाई थारू समुदायको धार्मिक महत्वसित जोडिन्छ । यो नाच हरेरी मनाइसकेपछि नाच्ने गरेको उनले बताए ।

हरेरीमा गाउँमा नाचगानको अवसर खुलाउन गाउँका सबै मादल जम्मा गरेर गुरुवाले मन्त्र पढ्छन् । त्यसपछि नाचगान सुरु हुन्छ । त्यसपछि मात्रै सखिया नाच गर्न सकिन्छ । “देवीदेवताको मञ्जुरी माग्न पूजा गर्नुपर्ने मान्यता छ”, चौधरीले भने, “छाँकी ९रक्सी० चढाएर पूजा गरिसकेपछि मात्रै सखिया नाच नाच्न र गाउन मिल्छ ।”

नाच सुरु गर्दा मुख्य मादल र मञ्जिरामा छाँकी चढाएर आकाश, पाताल, पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ फर्किएर बजाउने गरिन्छ । त्यसपछि सखिया नाच सुरु हुन्छ ।

थारू समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सदको समयमा नाच नाच्ने गर्छन् । पुराना पिँढीले नयाँ पिँढीलाई शिक्षा र सीप सिकाउने उद्देश्यले नाच सिक्ने र नाच्ने गरिरहेको अध्यक्ष चौधरीले बताए ।

Previous Post

इजरायलको युद्धभूमिबाट फर्किएका नेपाली भन्छन्, ‘स्वदेश आइपुग्दा धेरै खुसी छौं’

Next Post

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने पुल अधुरै

सम्बन्धित खबर

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
Load More
Next Post
हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने पुल अधुरै

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने पुल अधुरै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In