• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुगमतर्फको यात्रामा डाँडापारिका गाउँ

by
१ कार्तिक २०८०,
0
सुगमतर्फको यात्रामा डाँडापारिका गाउँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र अर्थात् महाभारत पर्वत शङ्खलापारि ९डाँडापारि० लाई केही वर्षदेखि ‘दुर्गम’ भन्न छाडियो । सडक, विद्युत्, खानेपानी, स्वास्थ्य संस्था र सुविधा सम्पन्न विद्यालय भवन । सडकबाहेकका विकास पनि सडकले नै सम्भव भएको हो ।

हामीले भन्ने गरेको ‘डाँडापारि’मा दुई गाउँपालिका महाभारत र खानीखोला अवस्थित छन् । सङ्घीय संरचना निर्माणअघि डाँडापारिका दश गाउँ विकास समिति थिए । सङ्घीय संरचनामा लैजाँदा दश गाविसलाई दुई गाउँपालिामा विभाजन गरियो । महाभारत गाउँपालिकामा गत आर्थिक वर्षमा पक्की सडक नै निर्माण भइसक्यो । दुर्गमताले भन्ने गरिएको डाँडापारि अब डाँडापारि रहेन । विशेष गरी सडकको पहुँचले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल र मुख्य सहर बनेपा तथा पनौती डाँडापारिसँग नजिकिएका छन् ।

सडकले सामग्री ढुवानीमा सहजता आएपछि अपुग खाद्यान्नलगायत नुन, तेल र मरमसला किन्न घण्टौँको बाटो हिँड्नुपर्ने बाध्यता हाल घट्दै गएको छ । यहाँका बासिन्दाले उत्पादन गरेका खाद्यान्नलगायत कृषिजन्य वस्तुको बिक्री गर्न तथा ‘गाँस, बास र कपास’का आवश्यक सामग्री गाउँमै पाउन थाले । पहिले सदरमुकाम र मुख्य सहर र धाउनुपर्ने अनिवार्य बाध्यता थियो । विशेषतः सडक सुगमताले जिल्लाको विकट क्षेत्र मानिएको डाँडापारिका दुई गाउँपालिका महाभारत र खानीखोलाको मुहार फेरिँदै गएको छ ।

यसअघि केही अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा जिल्लास्थित सामाजिक संस्थामार्फत शौचालय, पैदलयात्राका लागि सिँढी निर्माण, खानेपानी धारा र झोलुङ्गे पुल लगायतका एक टोलदेखि अर्को गाउँसम्म जाने सुविधा मात्रै उपभोग गर्दै आएका यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि सहरसम्म जोडिएको छ । पछिल्लो समयमा भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, ‘एक घर, एक खानेपानीसहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरण यहाँको नागरिकको मुहार फेरिएको हो । यसो हुनुमा स्थानीय तहको भूमिकालाई पनि विशेष मान्ने गरिएको छ ।

यहाँको गाउँपालिकाको बस्तीमा विकास निर्माण र नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक प्रमुख हो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा स्थानीय नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी दोस्रो चरणको पक्की सडकखण्ड निर्माणका लागि आवश्यक सहयोग र समन्वयमा लागिरहेको बताउँछन् । उनका अनुसार हाल बिपी राजमार्गदेखि मदन भण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तिछाप–गोकुले–भोर्लेनी सडक ९जनमुक्ति मार्ग०को निर्माण गर्ने योजनाको प्रक्रियामा लागिएको छ ।

महाभारतको तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किमी सडकका लागि करिब रु ९८ करोड विनियोजन भएकामा रु ६० करोड ९७ लाखको हाराहारीमा सन्तोषी धर्म एस हरिहरि जेभीले आगामी २०८२ कात्तिकमा सम्पन्न गर्नेगरी सम्झौता भएको छ । निर्माण कम्पनीले तोकिएका स्थानमा ढलान तथा कालोपत्र समेतको कार्यलाई छिट्टै अगाडि बढाउने जनाएको छ ।
यसअघि महाभारतको तीनखुट्टे–देवीटार सडकखण्डको आठ किमीमध्ये केही भाग कालोपत्र भइरहेको र बाँकी काम निरन्तर रहेको छ भने केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरणका लागि केही वडामा बिजुली बत्ती बालिसकेको र बाँकी वडाहरुमा काम द्रूत गतिमा भइरहेको छ ।

यसैगरी, ‘एक घर एक खानेपानी धारा’ अभियानअन्तर्गत ६ र ५ नं वडामा आयोजना सम्पन्न भइसकेको तथा वडा नं १ र २ मा निर्माणाधीन अवस्थामा रहेको छ । नागरिकको आर्थिक विकासका लागि कृषि उत्पादनमा सहयोगअन्तर्गत आव २०७९÷८० मा मात्रै करिब एक लाख कफीको बिरुवा रोपिएका अध्यक्ष जिम्बाले बताए । पक्की सडक सञ्जालसँग जोड्ने क्रममा रहेको डाँडापारिको क्षेत्रमा हालसम्म पनि गर्भवती र सुत्केरीका बेलामा महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत स्थानीय तहको समन्वयमा हेलिकप्टरबाट उद्धार गर्ने कार्य गर्दै आइएको छ ।

महाभारत गाउँपालिकामा मात्र हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ । महाभारतको भुमेचुली–बुढाखानी–तीनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रसहित निर्माण गर्न रु ९९ करोड विनियोजन भएको थियो । यसैगरी, तीनखुट्टे–देवीटार आठ किलोमिटर सडकका लागि रु ४९ करोड विनियोजन भएको अध्यक्ष जिम्बाले बताए । उनका अनुसार हाल देवीटार–गोकुले करिब सात किलोमिटर सडकलाई रु ४८ करोडको स्रोत सुनिश्चित भएको छ । निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गर्ने र नियमित कार्य नगरेका कारण योजना ढिला हुने गरेको अध्यक्ष जिम्वाले बताए ।

‘निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गरेपछि समयमा काम सम्पन्न नहुने हुँदा योजना लम्बिने देखिन्छ, हामीले ताकेता गरिरहनु पर्छ’, उनले भने । यसैबीच, प्रदेश मन्त्रालयले आगामी आर्थिक वर्षदेखि नै काम सुरु गर्ने गरी काभ्रेपलाञ्चोक र प्रदेश राजधानी मकवानपुर जोड्ने गरी ‘जनमुक्ति’ मार्ग निर्माण गर्न तयारी थालेको छ । प्रदेश भौतिक तथा पूर्वाधारमन्त्री युवराज दुलालले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाअन्तर्गत मङ्गलटारस्थित बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरेस्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिने बताए । उनका अनुसार उक्त मार्गका लागि रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ । उक्त सडकको लम्बाइ ९३ किलोमिटर हुनेछ ।

यस्तै, डाँडापारिमा अवस्थित दुर्गम भनिने अर्को गाउँपालिका खानीखोला धुलिखेलबाट ८० किलोमिटर दक्षिणमा अवस्थित छ । साबिकको पाँच गाविस समेटेर खानीखोला गाउँपालिका बनाइएको हो । उक्त गाउँपालिकामा भने भौगोलिक विकटताका कारण बाह्रै महिना यातायातको पहुँच पुग्न सकेको छैन । खानीखोला गाउँपालिकाको केन्द्र तथा वडास्थित बस्तीमा बाह्रै महिना सवारी साधन सञ्चालन गराउने उद्देश्यले सडक निर्माण लगायतको कामलाई स्थानीय जनप्रतिनिधिले तीव्रता दिन थालेका छन् ।
विगतमा हिँउदको समयमा चार÷पाँच महिना मात्रै गाडी गुड्ने सडकलाई हाल असार, साउन र भदौसम्म तीन महिना मोटर हिँड्न नसके पनि नौ महिना चल्न सक्ने सडक बनाएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ बताउँछन् । बागमतीको तिरमा रहेको तालढुङ्गा–सिक्रे दोभान सडक ट्र्याक खोलिएको र सडकको पहुँच नपुगेको बाँसपुरमा सडक पु¥याइएको तथा खानीखोला करिडोरको स्यार्तेपाखामा सडक खोल्ने लगायतको काम गरेको उनले बताए ।

‘सडक निर्माणले सबै थरीका विकास गर्न मद्दत पुग्ने भएकाले यो कार्यकालमा सबै बस्तीमा बाह्रैमास यातायातका साधान चल्ने गरी सडक व्यस्थित गर्छौं’, उनले भने । खानीखोला गाउँपालिकासम्म सहज मोटरबाटो नभएका कारण यहाँका नागरिकमा अहिले पनि विकास भनेको सडक मात्रै हो भन्ने धारणा छ । यद्यपि, गाउँपालिकाले पनि सबै मौसममा सबै वडाको केन्द्रसम्म मोटर चल्ने सडक निर्माणको योजना बनाएको छ ।

अध्यक्ष थिङका अनुसार गाउँपालिकाको मेरुदण्ड सडकका रुपमा स्थापित गराई बागमती प्रदेश राजधानीको बजार दुई घण्टाको बाटो बनाउने, ‘अल वेइदर रोड’मार्फत नै जिल्ला सदरमुकाम धुलिखेलबीचको सम्बन्ध सुमधुर बनाउने काम गरिने योजना बनाइएको छ । निर्माणको प्रक्रियामा रहेको जनमुक्ति मार्गमार्फत हेटौँडा जोड्ने, खोपासी तालढुङ्गा सडकलाई कालोपत्र गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै गाउँपालिकाले सडकतर्फ ढुङ्खर्क–च्याम्राङबँसी–मिल्चे–तालढुङ्गालाई व्यवस्थित गर्ने खोपासी–कामीडाँडा, स्यारेथली, फलाँटे हुँदै तालढुङ्गा पुग्ने सडकलाई सबै मौसममा चल्ने सडक बनाइने, कालोपत्र र आवश्यकताअनुसार ढलान गर्ने, च्याल्टी फलामेटार तालढुङ्गा सडकलाई पनि बाह्रैमास सञ्चालन गर्ने योजना बनाएको छ ।

शिक्षा सुधार गर्ने उद्देश्यले प्रारम्भिक बाल कक्षादेखि दश कक्षासम्मका विद्यार्थीलाई तीनवटा समूहमा वर्गीकरण गरेर सानो कक्षालाई डिजिटाइजेसन गर्ने तथा कक्षा ६ देखि ८ सम्मलाई थप कक्षा सञ्चालन गर्ने तथा नौ र १० कक्षाका विद्यार्थीलाई ‘क्लोज क्याम्प’मा राखेर अध्यापन गराउने तथा स्वास्थ्यको क्षेत्रमा ज्येष्ठ नागरिकको मासिक घुम्ती स्वास्थ्य परीक्षणको काम अघि बढाएको थिङले जानकारी दिए ।

गाउँपालिकाभित्रको अर्को समस्या १४(१५ वर्षको उमेरमा विवाह गर्ने परम्परालाईे बालविवाह अन्त्य गर्न आम नागरिकमा जनचेतना जगाउने अभियान सञ्चालन भइरहेको छ । यस्तै, गाउँपालिकाले ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कफी खेतीमा प्रतिकिलोग्राम रु ३५ अनुदान दिन सुरु गरिएको थिङले बताए । उनका अनुसार दुर्लुङखोलामा पुल, खानीखोलामा पुल बोलपत्र आह्वान भइसकेकोले दसैँपछि काम सुरु हुनेछ ।

नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सुविधा दिलाउन गाउँपालिकामा आधारभूत अस्पतालको काम सुरु गरिएको छ । अस्पताल निर्माणको कामलाई बहुवर्षीय नहुँदा रोकिएको निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारले अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । सात स्थामा रहेका स्वास्थ्य चौकीका भवन निर्माण गर्ने योजना बनाउने तयारी गर्ने थिङले बताए ।
गाउँपालिकाभित्र दूध, मासु उत्पादन र जडीबुटीबाट आम्दानी गर्न सकिने भएकाले किसानलाई दूधमा अनुदान दिने कार्यक्रमको तयारी भइरहेको तथा खानेपानीका लागि ‘एक घर, एक धारा’कार्यक्रमलाई योजनाबद्ध बनाइने बताइयो । गाउँमा नै आर्थिक उपार्जनका लागि युवालाई उद्यमशील बनाउनका लागि क्षमता विकास तथा सीप विकास तालिम दिने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाभित्र नागरिकले हाल खुवा बिक्री गरेर मासिक रु एक लाख आम्दानी गर्दैै आएकाले सडकको सुगमताले यो पेसालाई अन्य युवा तथा कृषकले अनुशरण गरी आम्दानीको स्रोत बढाउने छन् ।

सरकारले विकट मानिएको खानीखोला गाउँपालिकाका लागि बजेटको अङ्क बढाई विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने थिङले बताए । ‘सङ्घीय, प्रदेश सरकारका साथै सबै राजनीतिक दल, नेता, सांसद विकट गाउँपालिकाको विकासमा एकजुट भएर अघि बढ्न्पर्नेछ, अनि मात्रै समृद्ध नेपाल सुखी नेपाली हुनेछन्’, उनी भन्छन् । उनका अनुसार स्थानीय नागरिकले उत्पादन गरेको कृषिजन्य सामग्रीको बजारीकरणका लागि विशेष पहल गर्नुपर्ने आवश्यकता छ । यी दुई गाउँपालिका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पुर्‍याउन धामाधम काम भइरहेको छ । दुई गाउँपालिकाका स्थानीयवासीलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले रु एक अर्ब ५६ करोड विनियोजन गरी विद्युतीकरणको काम सुरु भएको थियो ।

रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप रु ३० करोड माग गरी विद्युतीकरणको कामलाई अन्तिम चरणमा पुर्‍याइएको महाभारत गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए । उनका अनुसार महाभारत गाउँपालिका–३ फोक्सिङटार–४ र ५ स्थित बुढाखानीका सबै घरमा बिजुली बत्ती बल्ने गरी सबै काम हालै सम्पन्न भएको छ । गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदानसमेत उपलब्ध गराएको छ । केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग तथा कलकारखाना सञ्चालन गर्न सकिएको थिएन । यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट बत्ती बाल्ने गरिएको थियो ।

Previous Post

पूर्वराजा शाहलाई माधव नेपालको चुनौतीः पार्टी खोलेर चुनाव लड्नुस्

Next Post

सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

१४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
Load More
Next Post
सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा

सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In