विविध कारणले व्यक्तिविशेषका निन्द्रा सम्बन्धी खराबीहरु पनि फरक फरक भेटिन्छन् । हरेक मानिस जीवनको कालखण्डमा कुनै न कुनै समयमा निन्द्रा नलाग्ने समस्याले पीडित भएकै हुन्छ । एक स्वस्थ मानिस ओछ्यानमा पल्टेको १० देखि १५ मिनेटभित्रमा निदाइसक्छ भने ऊ करीव ७ देखि ९ घन्टासम्म सुत्ने गर्छ । कारणवश कहिलेकाहीँ निन्द्रा नलाग्ने पनि हुनसक्छ । यदि त्यस्तो भयो भने निद्रा लाग्ने घरेलु उपाय पनि अपनाउन सकिन्छ—
१. सुत्नु अघि अल्कोहलजन्य पदार्थको सेवन पटक्कै नगर्ने । बरु सुत्नु भन्दा आधा घण्टाअगाडि तातो रस, सुप, झोल पिउनाले मिठो निन्द्रा लगाउन मद्दत गर्छ ।
२. सुत्ने बेलामा मोबाईल, ल्यापटप, टिभी जस्ता इलोक्ट्रोनिक साधन नहेर्ने ।
३. बिहान सबेरै उठ्ने बानी बसाल्नुपर्छ ।
४. बिहान अथवा बेलुका केही समय शारीरिक व्यायाम हुने क्रियाकलापमा सहभागी हुने ।
५. हरेक दिनको केही समय सङ्गीतमा ध्यान दिनाले छिटो, गहिरो र मिठो निन्द्रा लाग्छ ।













