प्रेमीको प्रेम स्वीकार गरे घृणा पनि स्वीकार गर्नुपर्छ । एउटा मात्रै स्वीकार गर्ने अज्ञानी मन छ भने विक्षेप आउँछ, आउँछ ! संयोगको लाभ लिनेले वियोगको घाटा सहनै पर्छ । संयोग चाहने, वियोग नचाहने मूर्ख हो । मूर्खताको औषधी छैन । उता विक्षेप भएर यता लाग्ने मन, यता विक्षेप हुँदा अरू कतै न लाग्ला भनेर भन्न सकिन्न ।
जबसम्म अहं, मन, इच्छाको स्वभाव, बानी, तरिका हामी बुझ्दैनौँ, तबसम्म द्वन्द्वको दुविधाको, अस्थिरताको समस्या सदा काल ताजा रहन्छ । धेरै होस् यस्तै होस्, यो मेरो रहोस् भन्ने वासनामा ज्ञानको अग्नि लगाइदेऊ, अनि मात्रै तिमी आराममा हुन सक्छौ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













