आपूmले निर्दोष ठानिएका विषयमा पनि विषालु सर्पजस्तो वैरी बनाउने साधन लुकिरहेको हुन्छ । कसैलाई राम्रो लागेको कुरो कसैलाई न राम्रो पनि लाग्न सक्छ । महत्वाकाङ्क्षी मानिसको मन बढी शङ्कालु पनि हुन्छ । पथभ्रष्टको मन पनि शङ्काले भरिएको हुन्छ ।
मान्छेका स्वभावहरू धारणाहरू एवं आशयहरू फरक फरक हुन्छन् । स्वभाव स्वच्छ, आचरण शुद्ध व्यवहार निस्पक्ष छ, कसैको कुभलो गरेको छैन, सबैका हितको कार्य गरिन्छ, त्यो व्यक्ति प्रिय हुन्छ । बाटो बिराएपछि गन्तव्य जति नै उच्च भए पनि पुग्न सकिँदैन ।
मानवताका विरुद्ध गरिएका अपराधले सजाय पाउनैपर्छ । पात्र बदलिए पनि प्रवृत्ति बदलिएन भने केही लाभ छैन । समाधान हुन नसकेका सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक समस्याहरूले नै अतिवादलाई जन्म दिन्छन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













