रक्सीको ह्याङओभर हटाउनका लागि कफीलाई सर्वोत्तम पेयपदार्थ मानिन्छ । कुनै रात जमेर धेरै रक्सी पिउनुभएको छ भने भोलिपल्ट तीनदेखि चार कप कफी पिउन यसका भुक्तोगीहरुले सल्लाह दिने गरेको पाइन्छ ।
कफीले रक्सीको ह्याङओभर त हटाउँछ नै, यसमा भएको काहव्योल र काफेस्टोलले कलेजोको ममर्तन गर्न मर्मत गर्न मद्दत गर्नुको साथै दुरुस्त समेत राख्छ ।
बेलायतबाट प्रकाशित हुने बीएमसी पब्लिक हेल्थ जर्नलले गरेको अध्ययन अनुसार कफी पिउनेहरू कलेजोको दीर्घरोगबाट कफी नपिउनेभन्दा २१ प्रतिशत कम प्रभावित भएको देखाएको छ ।
मानिसको कलेजोमा गम्भीर समस्या हुनुमा रक्सीको रक्सीको ठूलो भूमिका रहेको हुन्छ तर नियमित कफी पिउँदा भने कलेजोको समस्याबाट हुने मृत्युलाई समेत घटाउँछ ।













