• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?रास्वपाबाट शाह प्रधानमन्त्री बन्ने

metakhabar by metakhabar
८ चैत्र २०८२,
0
कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?रास्वपाबाट शाह प्रधानमन्त्री बन्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरू संसदीय दलका नेता चयन गर्ने गृहकार्यमा जुटेका छन्। नयाँ सरकार गठनको तयारीसँगै दलभित्र नेतृत्व टुंग्याउने प्रक्रिया तीव्र बनेको हो।

झन्डै दुईतिहाइ बहुमतसहित पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको छ। संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सोहीअनुसार १३ चैतमा नयाँ प्रधानमन्त्रीको शपथ हुने तयारी छ।

रास्वपाले सांसदहरूको शपथ (१२ चैत) लगत्तै दलको नेता चयन गर्ने जनाएको छ। यसअघि पार्टीभित्रको छलफलमा निर्वाचित सांसदहरूको सहमतिमा नेता चयन गर्ने समझदारी बनेको छ।

दोस्रो ठूलो दल नेपाली कांग्रेसमा भने संसदीय दलको नेताबारे आन्तरिक छलफल जारी छ। अर्जुननरसिंह केसीले सार्वजनिक रूपमा दाबी गरेका छन् भने भीष्मराज आङ्देम्बेको नाम पनि चर्चामा छ। सभापति गगन थापाको राजीनामा विषय टुंगिएपछि मात्रै औपचारिक प्रक्रिया अघि बढ्ने नेताहरूले बताएका छन्।

नेकपा (एमाले)ले वरिष्ठतालाई आधार बनाएर नेता चयन गर्ने तयारी गरेको छ। उपाध्यक्ष रामबहादुर थापा प्रमुख दाबेदार मानिएका छन्। पद्मा अर्याल र सुहाङ नेम्वाङको नाम पनि चर्चामा रहेको छ।

१७ सिटसहित रहेको नेकपामा संयोजक पुष्पकमल दाहाल नै संसदीय दलको नेता बन्ने निश्चित भएको छ। पार्टीले प्रतिपक्षको प्रभावकारी भूमिका निर्वाह गर्न अनुभवी नेतृत्व आवश्यक भएको ठहर गरेको छ।

यसैबीच, श्रम संस्कृति पार्टीले अध्यक्ष हर्कराज राईलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। सात सिट रहेको उक्त पार्टीले संसद्मा सशक्त प्रतिपक्षी भूमिका खेल्ने जनाएको छ।

पाँच सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता र खुस्बु ओलीलाई प्रमुख सचेतक बनाइसकेको छ।

प्रतिनिधिसभाका २७५ सिटमध्ये रास्वपाले १८२ सिट जितेको छ। नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

Previous Post

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In