• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

by
२७ अशोज २०८०,
0
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउँछिन्, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा ।

‘जवानी उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्’, उनले भनिन् । उनले आफूले जान्ने बुझ्ने उमेर भएदेखि नै कोदो खेती गरे तापनि अहिले आएर सबैले खेती गर्न छाड्दै जाँदा गाउँका बारी बाँझिन थालेकोमा चिन्ता व्यक्त गर्छिन् ।

‘हाम्रो पालामा जान्ने बुझ्ने उमेर भएदेखि नै गाउँघरमा कोदो रोप्ने कार्यमा सहभागी भइन्थ्यो, अहिलेका पुस्तालाई कोदो के हो रु भन्ने नै थाहा हुनै छाड्यो’ उनले भनिन्, ‘गाउँको आफ्नै हातले उब्जाएको पोषिलो कोदो सेवनले शरीरलाई तागत दिन्थ्यो ।’ उनले उमेरले बुढ्यौलीपन टेके पनि दुःखसुखले अझै पनि थोरै भए पनि कोदो लगाउन भने छाडेकी छैनन् । आफूले परम्परादेखि नै गर्दै आएको खेती आफ्ना सन्ततिले गर्न छाडे पनि उनले थोरै जग्गामा भए पनि निरन्तर गरिरहेकी छन् ।

गाउँघरमा पाका पुस्ताको मात्र बसोबास, खेती गर्न झण्झटले कोदो लगाउन छाड्दै गएको पाइन्छ । पाल्पामा कोदो खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा जिल्लामै यसको खेती कम मात्रामा गरिन्छ । कोदो फल्ने ठाउँमा नै किसानले खेती गर्न छाडेपछि अहिले बीउ जोगाउनका लागि पाका पुस्ताले निरन्तरता दिएका छन् । युवापुस्ताको यसप्रति आकर्षण देखिँदैन ।
१० वर्षअघिसम्म जिल्लाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । गाउँका बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको किसान बताउँछन् । पहिला–पहिला गाउँघरमा प्रशस्त कोदो उत्पादन गरेर चामलसँग साट्ने चलन थियो । वर्ष दिनभर कोदोबाट चामल साटेर गुजारा चलाउने गरे तापनि हिजोआज व्यवसायीकरण रुपमा खेती गर्न छाडिएको छ ।

अन्य कृषि बालीको तुलनामा कोदो खेतीलाई धेरै लगानी र मेहनत गर्नु नपरेता पनि किसान आफैले खेती गर्न रुचि नदेखाउँदा अहिले व्यवसायीकरण हुन छाडेको रामपुर–१ कुमैडाँडाका अर्का कृषक गोवद्र्धन वंशी बताउँछन् । उनले कम्तीमा बर्सेनि चारदेखि पाँच मुरीसम्म कोदो उत्पादन गर्ने गरेकोमा अहिले मुस्किलले आठ(दश पाथी उब्जाउ हुने गरेको बताए ।

उनी भन्छन्, ‘गाउँमा बसोबास गर्ने भनेको ज्येष्ठ नागरिक मात्रै हो, युवापुस्ता सहर बजार, विदेशतिर पलायन भए, हिजो आफ्नै हातले मुरीका–मुरी फलाएका कोदो अहिले थोरै बीउ जगेर्नाका लागि मात्रै लगाउने गरिएको छ, बुढ्यौली लाग्दै गर्दा खेती गर्नै नसक्ने भएपछि कस्को के नै लाग्छ र रु’

यस वर्ष वंशीले करिब एक रोपनी जग्गामा कोदो लगाएका छन् । मानिसको स्वास्थ्यका लागि कोदोको महत्व धेरै रहे पनि खेती गर्ने जनशक्ति गाउँमा नहुँदा उत्पादन कम हुँदै गएको कविता सुनारले बताइन् । उनले यस वर्ष करिब दुई रोपनी बारीमा कोदो लगाएकी छन् । पहिला–पहिला उनले एक वर्षमा पाँच मुरी कोदो उत्पादन लिने गरेकोमा हिजोआज भने वर्षमा करिब दुई मुरीसम्म उत्पादन हुने गरेको बताइन् । घरायसी प्रयोजनका लागि कोदो लगाउँदै आएकी सुनारले व्यावसायिक खेती गरेमा यसबाट राम्रै आम्दानी हुने बताउँछिन् ।

बजारमा कोदोको माग भने पछिल्ला वर्षमा बढ्दो छ । गाउँका धेरै किसानलले पाखो बारीमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । औषधिका रुपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । गाउँघरमा विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि नयाँ पुस्ता कोदो खेतीबारे अवविज्ञ बनेका छन् । कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि आकर्षण घट्दै गएको छ । बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाझिँदै गएका हुन् ।

कम मेहनतमा उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको छ । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर आजभोलि कमै देख्न सकिन्छ ।

खाद्यान्नको रुपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण कम मात्रामा खेती हुने गरेको किसान बताउँछन् । गाउँघरमा हेपिएको कोदो अहिले सहर बजारतिर खोजीखोजी खाना थालिएको छ । सडक सञ्जाल विस्तारसँगै सहर बजारबाट गाउँघरमा चामल, गहुँलगायत अन्नबाली भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौँजस्ता स्थानीय अन्नबाली किसानले लगाउन छाड्दै गएका हुन् । स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रण बढ्न थालेको छ । धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको हो ।

गाउँघरमा परम्परागत रुपमा खेती गरिदै आएको कोदो लोप हुने अवस्थामा छ भने सहर बजारमा यसको माग धेरै छ । बजारका ठूला–ठूला होटल रेष्टुराँ, होमस्टेमा कोदोको परिकार पाक्ने गर्दछ । कोदोबाट बनाइएको ढिँडो, सेलरोटीलगायतका परिकारमा ग्राहकको आकर्षण छ । घरबास ९होमस्टे० मा विशेष गरी कोदोबाट विभिन्न परिकार बनाएर खुवाउने चलन पनि छ ।

कुनै समय गाउँघरमा बिहान साँझको जीविकाका लागि पाक्ने कोदो हिजोआज सहर बजारका ठूला–ठूला होटल, रेष्टुराँमा विभिन्न परिकार बनाएर बिक्री हुन थालेपछि पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । अहिले गाउँघरमा कोदोको परिकार खासै पाक्दैनन् तर सहर बजारका होटलमा यसको परिकार ग्राहकको रोजाइमा परेको छ । पहिला–पहिला कोदो गरिब, विपन्नको घरमा खाने अनाजको रुपमा समेत लिइन्थ्यो भने अहिले ठूला घर परिवारका सदस्यको रोजाइमा कोदो पर्दछ ।

Previous Post

पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

Next Post

यस्ता छन् निमको पातका अचुक फाइदा

सम्बन्धित खबर

पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का
फिचर-ब्यानर

पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

७ चैत्र २०८२,
परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
Load More
Next Post
यस्ता छन् निमको पातका अचुक फाइदा

यस्ता छन् निमको पातका अचुक फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In