कोही पाहुना घरमा आयो भने बरु तातो चियाले स्वागत गर्ने चलन हामीकहाँ धेरै चलिसकेको छ । तर एउटा अनौठो प्रथा, तातो चिया होइन बरु तातो पन्युले टाउको सेकेर पाहुनाको स्वागत गर्ने चलन पनि हाम्रै नेपालमा छ ।
जाजरकोटका केही गाउँहरुमा यस्तो अनौठो प्रचलन अझै देख्न सकिन्छ । आँगनमा पाहुना देखिनासाथ भित्र पन्यु तताउन सुरु गरिन्छ र मूल ढोकामा पुग्दा तातो पन्युले टाउको सेकेर मात्र घरभित्र प्रवेश गराइन्छ । अनि मात्र भलाकुसारीका कुरा चल्छन् । यसो नगरे घरमा बाघ लाग्ने, अलच्छिन लाग्नेजस्ता अन्धविश्वास समाजमा व्याप्त छ । युवा पुस्ताले पनि यसलाई निरन्तरता दिइरहेको पाइएको छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













