• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र

by
२५ अशोज २०८०,
0
छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो ।

बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार २९ गते सम्झौता भएको थियो । रू एक करोड २९ लाख दुई हजार चार सय ४८ मा ठोक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।

आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न गरी निर्माण व्यवसायीले रू ८३ लाख १७ हजार चार सय ३३ भक्तानीसमेत लिएपछि बाँकी काम अलपत्र भएको कार्यालयका इञ्जिनियर दिवाकर मण्डलले जानकारी दिए।

सिँचाइ अभावका कारण वडा नं ३ सित्खामा हजारौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय गणेश माझीले बताए। खेत भन्दामुनी सुनकोसी नदी बगिरहे पनि आफ्नो खेतमा सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको किसानको भनाइ थियो । किसानले माग गरेपछि सोही आधारमा प्रदेश सरकारबाट आयोजना आएको भन्दै माझीले आयोजना सम्पन्न होला र सित्खा फाँटमा बाह्रैमहिना खेती गरौँला भन्ने सपना अधुरै रहेको बताए ।

स्थानीय रामगोपाल श्रेष्ठका अनुसार आयोजना निर्माणस्थल नजिक पानी सङ्कलनका लागि निर्माण गरिएको पोखरीसमेत सुकेर चिराचिरा परिसकेको छ । “जिआइ पाइप राख्नुपर्नेमा पोलिथिन पाइप राखिएको छ । त्यो पनि अलपत्र छोडिदा बिग्रिसकेको छ”, उनले भने ।

निर्माण व्यवसायीले आयोजनाको काम अलपत्र छोडेपछि काम अघि बढाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई पटकपटक अनुरोध गर्दा पनि कार्यालयले चासो नदिएको स्थानीय कृष्णबहादुर केसीले गुनासो गरे। कामको जिम्मेवारी लिएका ठेकदारले कहिले काम गरेजस्तो गर्ने, कहिले आलटाल गर्ने गरेकाले आयोजना अलपत्र परेको उनको भनाइ थियो ।

निर्माण गरिएका संरचना पनि सबै भत्किसकेका छन्”, केसीले भने, “नदी छेउबाट ट्याङ्कीसम्म ल्याउन विछ््याइएका पाइप सबै टुक्राटुक्रा भइसकेका छन् । आयोजना निर्माण पुनः सुरु गर्ने सम्बन्धमा सरोकारवाला निकायले चासो दिएका छैनन् ।”

निर्माण व्यवसायीले काम बीचमै छाडेर हिँडेपछि पटकपटक पत्राचार गर्दासमेत व्यवसायी सम्र्पकमा नआएको डिभिजन कार्यालयका इञ्जिनियर मण्डलले बताए । सम्झौता बमोजिम काम गर्न भनी बारम्बार पत्राचार गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएपछि ठेक्का सम्झौता रद्द गरी निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको उनले जानकारी दिए ।

कार्यालयसँग सम्पर्कमा नआएका निर्माण व्यवसायीले कम्पनी कालोसूचीमा परेको थाहा पाएपछि डिभिजन कार्यालय विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका छन्”, इञ्जिनियर मण्डलले भने, “उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकाले सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना अझैसम्म पनि अन्योलमा छ ।”

Previous Post

वैकल्पिक सिँचाइ व्यवस्थाले राहत

Next Post

काठमाडौं महानगरले दुई महिना मै उठायो एक अर्ब १७ करोड राजस्व

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
राजस्व संकलनलाई प्रभावकारी बनाउँदै काठमाडौं महानगर

काठमाडौं महानगरले दुई महिना मै उठायो एक अर्ब १७ करोड राजस्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In