• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रामारोशनमा पर्यटकको संख्या बढ्दो

by
२४ अशोज २०८०,
0
रामारोशनमा पर्यटकको संख्या बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अछाम।रामारोशन अछामको मात्रै नभई सुदूरपश्चिमकै पर्यटकीय तथा धार्मिक क्षेत्र हो । रामारोशन लाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किम्वदन्ती रहिआएको छ । एकथरीले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँदै आएका छन् ।

रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ । पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वर्णन गरी नसक्नु छ ।

रामारोशन पर्यटकीय क्षेत्रमा दर्जनौं समथर फाँट, ढपक्कै धर्ती ढाकेर फुल्ने फूलहरुले मन लोभ्याउँछ । हरिया पाटनमाथि सेताम्मे डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ । हरियाली फाँट, त्यसमाथि फुलेका रङ्गीबिरङ्गी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन् ।

समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा रहेको रामारोशन प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे तथा जडीबुटीले भरिपुर्ण ठाउँ हो । रामारोशनमा सुनिवन, गेराहा जिंगले, बाटुल्ला, लामादह, लिप्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे ,रामे, ताउलो, डउटे, दल्लेना गरी १२ ताल र बाउलेगडा, रामे, चाका चक्रपथ, रोशन जस्ता १८ पाटन रहेका छन् ।

वर्षौँदेखि पर्यटकको पर्खाइमा रहेको रामारोशन यस पटक भने चर्चामा आएको छ । करिव ६८ देशका नागरिक सामाजिक सञ्जाल मार्फत जोडिएको ‘रेन्बो फेमली’ नामको समूहले अछामको रामारोशनमा कार्यक्रम गर्न आएपछि रामारोशनको चर्चा झनै चुलिएको छ । अहिले रेन्बो फेमली नामको समूह अछामको रामारोशनमा रमाइरहेको छ ।

पर्यटकहरुको आगमन बढेसँगै यस क्षेत्रका जनता खुशी बनेका छन् । दिनानुदिन पर्यटकहरु आउन थालेपछि यस क्षेत्रमा किसानहरूले उत्पादन गरेका कृषिजन्य वस्तुहरुले मुल्य पाएको स्थानीय दलबहादुर साउदले बताएका छन् । रामारोशन पुग्दा हरेकलाई अलौकिक आनन्द आउने आन्तरिक पर्यटक टेकबहादुर थापाले बताए ।

रामारोशन जानलाई सडक मार्गको पहुँच भए पनी वर्षाको समयमा लेक भएकाले बाटो अप्ठेरो हुने गरेको र पर्यटक पनि कम आउने बोट चालक टेकेन्द्र रोकायाको भनाइ छ । रामारोशन घुम्न आएका विभिन्न देशका नागरिकहरूलाई रामारोशन गाउँपालिकाले स्वागतसहित पर्यटकीय स्थलमा पठाउने गरेको छ ।

विदेशी पर्यटकहरूको आगमनले रामारोशनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुगेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए । सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन पर्यटन विकास समिति बनाएको छ ।

समितिले रामारोशन क्षेत्रमा पर्यटक भित्र्याउन रामारोशन क्षेत्रको संरक्षण गरिरहेको समितिका निर्देशक गङ्गाकुमारी कुँवरले बताइन् । रामारोशनमा यसपटक विभिन्न देशका आठ सय ९७ पर्यटक आएका र त्यसमध्ये एक ७२ जना रामारोशनको अवलोकन गरेर फर्किसकेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए।

Previous Post

डेङ्गी बढ्यो, छैन परीक्षण किट

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In