• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आधुनिक घरले गाउँको मौलिकता ओझेलमा

by
२३ अशोज २०८०,
0
आधुनिक घरले गाउँको मौलिकता ओझेलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बागलुङका ग्रामीण क्षेत्रमा एक दशक अघिसम्म काठ, ढुङ्गा माटो र घरका थुप्रै घर भेटिन्थे तर अहिले त्यस्ता घर भेटिन छोडेका छन् । अहिले बनेका घर कङ्क्रिटले ढलान गरिएका वा जस्तापाताले छाइएका पाइन्छन् । ढुङ्गा तथा खरले छाना छाउन छोडिएको छ ।

सडक सञ्जालले ग्रामीण क्षेत्र जोडिएसँगै बजारिया रहनसहन त पुग्यो नै त्यससँगै घर पनि बजारकै जस्तो बन्न थालेका छन् । पहिले गाउँका घर ढुङ्गा र खरले सलक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोले पोतिएका हुन्थे । सहर बजारबाट जो कोही गाउँमा पुग्दा ती घरहरुले मनै लोभ्याउने गर्थे तर अहिले बन्ने गरेका कङ्क्रिटका घरहरुले गाउँको पहिचान लोप हुँदै गएको छ । हरेक दिन गाउँमा सडक निर्माण भइरहेका र त्यसको प्रभाव ती पुराना परम्परागत घरहरुमा परेको छ । परम्परागत खर तथा ढुङ्गे घरहरु गाउँबाट बिस्तारै ओझेलिँदै छन् ।

जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा पाँच वर्ष अगाडिसम्म अधिकांश घरहरु ढुङ्गा र केही खरले छाइएका थिए तर अहिले ती बस्तीहरुमा विभिन्न रङ्गका जस्तापाताले छाएका रङ्गीचङ्गी घर देखिन्छन् । अहिले गाउँलेहरुले सहर बजारकै जस्तो घर बनाउन थालेको स्थानीयवासी भवीन्द्र बुढामगरले बताए ।

हामीहरु सानैदेखि ढुङ्गाका, खरका घरमा खेल्दै हुर्किएका हौँ, अबका हाम्रा पुस्ताले त्यस किसिमको घर देख्न नपाउने भए, अहिले त गाउँमा पनि सिमेन्टका पक्की घर बन्न थालेका छन्, सिमेन्टका घरले गाउँको मौलिकता हराउन थालेको आभाष हुन थालेको छ,” उनले भने, “गाउँमा सिमेन्टका घर बनाउन सम्बन्धित निकायले रोक लगाउनुपर्छ जस्तो लाग्छ, गाउँ नै बजारजस्तो भए पछि नेपालीको पहिचान कस्तो बन्ला रु, गाउँ त हाम्रो इतिहास हो, गौरव हो ।”

ढोरपाटन नगरपालिका–८ बोबाङमा पनि एक दशक अगाडिसम्म अधिकांश घर खर, ढुङ्गा र काठका थिए । काठकै छानो, काठकै झ्याल ढोका भएका घरले बोबाङको पहिचान बनाएकामा अहिले पक्की घर बन्न थालेको अर्का स्थानीयवासी नरबहादुर पुनले बताउनुभयो । अहिले नि यहाँको विभिन्न ठाउँको नाम ढुङ्गे गाउँ, पल्लेघर लगायतले परिचित रहेकामा आधुनिकताले सबै मौलिकता ओझेलमा पार्दै गएको उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले गाउँको मौलिकता जोगाउन कङ्क्रिटका घर बनाउन रोक लगाइने बताए । पछिल्लो समय गाउँ–गाउँमा सिमेन्टका भवन बन्न थालेको हुँदा गाउँपालिकाले यहाँको केही गाउँलाई मौलिक गाउँका रुपमा विकास गर्ने गरी योजना बनाएको बताए । सडकका कारण मौलिक घर हराउँदै गएको उनले गुनासो गरे । तमान गाउँमा भएका घरलाई अब एकै रङ्गका, एउटै ‘डिजाइन’ मा निर्माण गरिने अध्यक्ष बुढामगरको भनाइ थियो ।

तमानखोलाका केही ठाउँमा कङ्क्रिटका केही घरहरु बनेका छन्, अब बन्ने घर त्यसरी मन लाग्दी बनाउन नपाउने गरी योजना बनाउँछौँ, गाउँको पहिचान र मौलिकतासँग जोडेर घर बनाउनुपर्ने नीति ल्याउँछौँ, तमान गाउँलाई मौलिक गाउँकै रुपमा विकास गर्ने उद्देश्य छ,” उनले भने, “अहिले गाउँमा बनेका घर स्वास्थ्यका हिसावले फाइदाजनक छैन, किनकि गाउँमा चिसो हुन्छ्, त्यसमाथि सिमेन्टका घरहरुले स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको छ, पुस, माघ महिनामा त्यस्तो घरमा बस्न सकिने रैनछ ।”

Previous Post

पढ्दै सिक्दै कार्यक्रमः ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’

Next Post

बारपाक–लाप्राक सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध

सम्बन्धित खबर

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
Load More
Next Post
बारपाक–लाप्राक सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध

बारपाक–लाप्राक सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In