एजेन्सी । मलाइका अरोरा फेसनिस्टा मलाइका अरोराले हालै आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन् ।
जसमा उनको लुक देखेर फ्यानहरुमा उन्माद नै चढेको छ । यी तस्वीरहरूमा मलाइका निकै सुन्दर देखिएकी छिन् । सेतो बडीकन गाउनमा मलाइका मदहोस अवतार प्रस्तुत गर्दछिन् ।
उनका बेप्रवाह स्टाइलमा फ्यानहरु हुरुक्कै भएको प्रतिक्रियामा देख्न सकिन्छ । मलाइका अरोरा चर्चित भारतीय अभिनेत्री हुन् । अभिनयसँगै उनको फिटनेशले गर्दा सँधै चर्चामा रहने गर्दछिन् ।

















