काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र नेदरल्याण्डसबीच भिडन्त हुदै छ । हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २स् १५ बजेदेखि शुरु हुदै छ ।
जारी विश्वकपमा सबै देशले पहिलो खेल खेलेका छन् भने आजदेखि दोस्रो खेल शुरु हुदै छन् । पहिलो खेलमा न्यूजील्याण्डले इङल्याण्डलाई पराजित गरेर विश्वकपमा सुख शुरुवात गरेको छ भने नेदरल्याण्डस भने पाकिस्तानसँग हार बेहोरेको थियो ।
न्यूजील्याण्ड र नेदरल्याण्डसबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म ४ खेल भएका छन् भने चारै खेल न्यूजील्याण्डले जितेको छ ।
यस खेलमा नेदरल्याण्डस आफ्नो पहिलो जितको खोजीमा हुने छ भने न्यूजील्याण्डले आफ्नो जितलाई निरन्तरता दिदै अगाडी बढ्न चाहने छ । न्यूजील्याण्डका नियमित कप्तान केन विलियम्सन यस खेलमा खेल्ने सम्भावना रहेको छ । उनी विश्वकपका अभ्यास खेलमा ब्याटिंग गरेपनि इङल्याण्डविरुद्धको पहिलो खेल खेलेका थिएनन् ।
नेदरल्याण्डसको सम्भावित प्लेइङ ११स् स्कट एडवर्ड्स ९कप्तान०, विकेटकीपर०, कोलिन एकेर्मन, बास डे लीडे, आर्यन दत्त, तेजा निदामानुरु, म्याक्स ओडाउड, विक्रमजीत सिंह, लोगान भ्यान बेक, रोलोफ भ्यान डर मर्वे, पल भ्यान मिकरेन र साकिब जुल्फिकार ।
न्यूजील्याण्डको सम्भावित प्लेइङ ११( टम लाथम ९कप्तान०, डेभोन कोनवे, विल योङ, रचिन रविन्द्र, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, जिम्मी नीशाम, मिचेल सान्टनर, माट हेनरी र ट्रेन्ट बोल्ट ।













