काठमाडौं । बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि उत्तरी बेलायतको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् ।
७३ वर्षीय राजा चार्ल्स र उनकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले हान्ने प्रयास गरेको डेलिमेलले समाचार लेखेको छ ।
आक्रमणमा संलग्न एकजना युवकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले संलग्न युवालाई पक्राउ गरेपछि राजा चार्ल्स र क्यामिलाले लर्ड मेयरद्वारा आधिकारिक रूपमा योर्क शहरमा स्वागत गर्न बोलाइएको एक परम्परागत समारोहमा सहभागी भएका थिए ।













