• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

    चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

    आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

    आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

by
२० अशोज २०८०,
0
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी जितियाजस्ता मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवद्र्धनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा जितियाजस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको बताउँदै राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा यस्ता मौलिक चाडपर्वका माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उल्लेख गर्नुभएको छ ।

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।

“प्रकृति पूजामा आधारित यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु”, सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुख–शान्तिका लागि भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै उत्साहका साथ मनाइने पर्व हो । यस पर्वमा थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् ।

यसै अवसरमा दिनुभएको सन्देशमा उपराष्ट्रपति यादवले तराई–मधेसका आदिवासी, रैथाने समुदाय÷जातजातिले आआफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा मनाउनाले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गरेको बताउनुभएको छ । उहाँले जितियाजस्ता पर्वले नेपालीबीचको एकतालाई बढावा दिने सन्देशमा उल्लेख गर्नुभएको छ ।

साथै उपराष्ट्रपतिले समाजमा सामाजिक एवं धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, सद्भाव कायम गर्नु यस्ता पवित्र पर्वका उद्देश्य हुन् भन्नुभएको छ ।

यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देशमा जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्दै समानता, समृद्धि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । सामाजिक सम्बन्धको सन्तुलन, आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

तराई–मधेसका थारुलगायत समुदायले पारिवारिक समृद्धि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउने यस मौलिक पर्वको आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

“बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजको पहिचानलाई आत्मसात् गरी सामाजिक–सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्नु अपरिहार्य आवश्यकता भएको छ”, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ।

यसै अवसरमा सभामुख देवराज घिमिरे समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्न जितियालगायत सांस्कृतिक पर्वले ठूलो योगदान गर्ने बताउनुभएको छ । जितिया पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव कायम गर्ने विश्वास सभामुखले व्यक्त गर्नुभएको छ ।

Previous Post

चुट्किलाः कसरी कमजोर भन्नु सर ?

Next Post

क्रिकेट विश्वकपमा पाकिस्तानको विजयी शुरुवात

सम्बन्धित खबर

चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ
अन्तर्राष्ट्रिय

चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

१० असार २०८३,
आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ
आवाज

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

१० असार २०८३,
रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
आवाज

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

१० असार २०८३,
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
समाचार

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

१० असार २०८३,
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
समाचार

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

१० असार २०८३,
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
समाचार

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

१० असार २०८३,
Load More
Next Post
क्रिकेट विश्वकपमा पाकिस्तानको विजयी शुरुवात

क्रिकेट विश्वकपमा पाकिस्तानको विजयी शुरुवात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In