वैज्ञानिक थोमस एल्बा एडिसनलाई आफ्नो प्रयोगशालामा मात्रै काम गर्ने नशाजस्तो भइसकेको थियो । प्रयोगशालामा पसेर काम गर्न थालेपछि बाहिरै ननिस्कने बानीले उनकी पत्नी दिक्क थिइन् । एक दिन अति भएपछि पत्नीले भनिन्— तपाईं दिनरात काम गरिरहनुहुन्छ, कहिलेकाहीँ छुट्टी पनि त लिने गर्नुपर्छ ।’
एडिसनले भने— ‘छुट्टी लिएर मात्र के गर्ने, कहाँ जाऊँ म ?’
‘जहाँ रमाइलो हुन्छ, मनले आनन्दको सुखद अनुभव गर्छ, त्यतै जानुस् ।’ श्रीमती एडिसनले भनिन् ।
‘ठीक छ, त्यसो भए म आज छुट्टी लिन्छु । तिमीले भनेझैँ म त्यहीँ जान्छु, जहाँ मलाई सुख, शान्ति र आनन्दको महसुस हुन्छ ।’
यति भन्दै एडिसन पुनः आफ्नो प्रयोगशालाभित्र प्रवेश गरे ।
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट













