• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

    ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

    नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

    नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

    अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

    अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

    सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

    सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

    पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

    पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

    ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

    नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

    नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

    अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

    अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

    सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

    सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

    पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

    पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालीको पहुँचबाहिर सिकार

by
९ अशोज २०८०,
0
नेपालीको पहुँचबाहिर सिकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ढोरपाटन विश्वप्रख्यात सिकार गन्तव्य भए पनि नेपालीका लागि भने त्यहाँको सिकार अनुभव लिनु धेरै टाढाको विषय बनेको छ । नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा आवेदन नै नपर्नुले नेपालीका लागि ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न सहज छैन भन्ने देखाउँछ ।

लाखौँ रुपैयाँ राजस्व तिरेर गरिने नाउर र झारलको सिकार त नेपालीका लागि झनै पहुँचबाहिर छ । गत आवको पहिलो सिकार याम (असोज–मङ्सिर) मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारमा नेपालीलाई आकर्षित गर्न पहिलोपटक ११ बँदेलको सिकार कोटा तोकेको थियो ।

उक्त याममा तीन नेपालीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि पछि सिकार खेल्न भने गएनन् । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले गत आवको दोस्रो सिकार याम ९फागुन–वैशाख० मा पनि बँदेलको सिकार हुन नसकेको बताए । चालु आवको पहिलो सिकार याममा पनि बँदेलका लागि नेपाली सिकारीबाट आवेदन नपरेको उनको भनाइ छ ।

नाउर र झारल सिकारका लागि भने यही असोज १८ गतेदेखि विदेशी पेसेवर सिकारी आरक्ष क्षेत्र पुग्दैछन् । “महँगो शुल्क र झन्झटिलो प्रक्रियाका कारण बँदेल सिकारमा नेपालीको रुचि देखिएन”, प्रमुख संरक्षण अधिकृत कँडेलले भने “नेपालीलाई सिकार खेल्न हतियारको पनि समस्या छ ।”

विदेशीलाई सिकार खेलाउँदै आएको सिकार कम्पनी ट्र्याक एन्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले लामो दूरीमा प्रहार गर्न सक्ने हतियार नेपालीसँग नरहेको बताए । “बँदेललाई पछ्याउन गाह्रो हुन्छ, टेलिस्कोपसहितको हतियार चाहिन्छ”, उनले भने, “नेपालीका लागि शुल्क पनि महँगो भयो, बँदेल सिकार प्रभावकारी हुन सकेन ।”

विभागले बँदेलका लागि सिकार आवेदनमा रु पाँच हजार, सिकार अनुज्ञापत्र लिँदा रु १० हजार र एक हप्ताका लागि सिकार ब्लक रिजर्भ गर्दा रु १५ हजार शुल्क तोकेको थापाले बताए । “राजस्वबाहेक यातायात, खाना र बासको व्यवस्था गर्नुपर्छ, एउटा बँदेलको सिकार खेल्दा झन्डै रु एक लाख खर्च हुन्छ”, उनले भने “सौखिन र खर्च गर्न सक्ने नेपालीलाई पनि बँदेल सिकार त्यति सहज छैन, बँदेल प्रायः साँझ र रातिमा सक्रिय हुने हुँदा ट्र्याक गर्नै गाह्रो हुन्छ, नेपालीसँग आधुनिक हतियार पनि छैन ।”

थापाका अनुसार नाउर र झारल सिकार गर्ने विदेशी सिकारीले प्याकेजमा बँदेल पनि सिकार गर्न पाइने भए पनि खासै रुचि नदेखाउने गरेको बताए। “विदेशीहरु नाउर र झारलको सिकारका लागि महँगो शुल्क तिरेर आएका हुन्छन्, उनीहरु त्यसमै रमाउँछन्”, उनले भने “नेपालीलाई बँदेल सिकारमा आकर्षित गर्ने हो भने शुल्क घटाउनुपर्छ र प्रक्रिया पनि सहज बनाउनुपर्छ ।”

सुरुमा केही नेपाली सिकारीले सिकार खेल्न चाहेको भए पनि पछि सम्पर्कमा नआएको उनले उल्लेख गरे । सिकार कम्पनीहरुले विभागसमक्ष बँदेलका लागि तोकिएको शुल्क कम गर्नुपर्ने माग गर्दै आएका छन् । नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ध्येयले विभागले बँदेलको सिकार खुला गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

बँदेलको व्यवस्थित सिकार हुन सके स्थानीय बासिन्दा र आरक्षबीचको सम्बन्धमा पनि सहजता थपिने विश्वास लिइएको उनको भनाइ छ । “बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउने ठानिएको छ”, उनले भने, “वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ ।”

नाउर र झारल सिकारबाट विभागले बर्सेनि कराडौँ रुपैयाँ राजस्व उठाउँदै आएको छ । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि नपुगेको स्थितिमा विभागले गत वर्ष पहिलोपटक नेपालीलाई लक्ष्य गरि बँदेलको सिकार खुला गरेको थियो । विदेशी पेसेवर सिकारीले मात्र आरक्षमा सिकार खेल्दै आएका छन् । बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले बर्सेनि दुई याममा सिकार खेलाउने गर्छन् ।

नाउर र झारल सिकारका लागि विदेशी सिकारी लाखौँ रुपैयाँ खर्चेर ढोरपाटन पुग्ने गर्छन् । चालु आवको पहिलो सिकार याम ९असोज–मङ्सिर० मा एउटा नाउरको न्यूनतम रु पाँच लाखदेखि बढीमा रु १३ लाखसम्म राजस्व बुझाएको आरक्ष कार्यालयले जनाएको छ । झारल सिकारमा भने बढीमा रु पाँच लाखसम्म राजस्व तिर्न कम्पनी तयार भएका थिए ।

यो याममा विभागले नौ नाउर र सात झारलको सिकार अनुमति दिएको छ । हतियार र बन्दोबस्तीसहित सिकारमा जाने तयारीमा कम्पनी छन् । ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि थापाले आफूहरु कात्तिक पहिलो हप्ता आरक्ष क्षेत्रमा पुग्ने बताए । उनको कम्पनीमार्फत जमर्न र बेलारुसका सिकारी ढोरपाटन पुग्दैछन् ।

उनीहरुले तोकिएको सिकार ब्लकमा दुई नाउर र दुई झारलको सिकार खेल्ने कम्पनीले जनाएको छ । सिकारीसहित कम्पनीका प्रतिनिधि, आरक्षका कर्मचारी, पथप्रर्दशक, भरिया लगायतका टोली सिकार ब्लकमा पुग्ने गरेका छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् । आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एन्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् ।

विदेशीहरु ‘हन्टिङ ट्रफी’का लागि नाउर र झारलको सिकार खेल्न आउने गरेको ट्र्याक एन्ड ट्रेल्र्सका प्रतिनिधि थापाले बताए । आरक्षमा रतुवा मृग, चरालगायत अरू वन्यजन्तु र पक्षीको समेत सिकार गर्न पाइने भए पनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । उनीहरु हेलिकप्टर चार्टर गरेर सिकार आरक्ष पुग्छन् । आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा फैलिएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।

Previous Post

२०२४ सम्म ‘मेड इन इन्डिया’ चिप, माइक्रोन प्लान्टको काम सुरु

Next Post

राउटेलाई दशैँ खर्च प्रदान

सम्बन्धित खबर

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’
आवाज

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

२१ चैत्र २०८२,
नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार
आर्थिक

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

२१ चैत्र २०८२,
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
आर्थिक

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

२१ चैत्र २०८२,
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
आवाज

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

२१ चैत्र २०८२,
पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’
आवाज

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

२१ चैत्र २०८२,
विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
आर्थिक

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

२१ चैत्र २०८२,
Load More
Next Post
राउटेलाई दशैँ खर्च प्रदान

राउटेलाई दशैँ खर्च प्रदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In