• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मधेस बनाउने दाबी गर्नेले आफ्नो क्षेत्र पनि बनाएनन्

by
२२ कार्तिक २०७९,
0
मधेस बनाउने दाबी गर्नेले आफ्नो क्षेत्र पनि बनाएनन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।जनता समाजवादी पार्टी राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव मुख्यमन्त्री लालबाबु राउत गद्दी लगायतका नेताहरूलाई यसको चुनावी लडाइ ढुङ्गाको चिउरा चपाए झै बन्दै गएको छ। पहिलो मधेस आन्दोलन पछि विराटनगरलाई राजनैतिक कार्यक्षेत्र बनाउनु भएका यादव दोश्रो संविधानसभाको चुनाव नराम्रोसँग हार्नुभयो। संविधानको घोषणा पछि भएको ६ महिने मधेस आन्दोलन पछि रेणु यादवको सहयोगमा सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभयो। तर यसपालिको निर्वाचनचाहिँ अध्यक्ष उपेन्द्र यादवका लागि ढुङ्गाको चिउरा चपाए झै छ।

अध्यक्ष उपेन्द्र यादव र उहाँको टिमको काम गर्ने शैली हेर्नका लागि पर्सा जिल्लाको तिलावे पुलको किनारमा सहिद पार्क हेरे हुन्छ। यसको निर्माण योजना अधुरै छ। निर्माणाधीन पार्कमा स्थापना गरिएका सहिदहरूको आँखा छोपिएको कपडा उद्घाटन पछि हटाउने हो। मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा निर्माण हुने उक्त योजना अधुरो र अपुरो छ। जसलाई सहिदको सम्मान भन्दा पनि अपमान गरिएको जन गुनासो छ।

मधेस आन्दोलनमा अग्रणी भूमिका निभाएको वीरगन्ज महानगरपालिका वार्ड नम्बर १६ को नगवा र इनर्वा मधेसी दलको लागी सबै भन्दा ठुलो भोट बैक भएको वार्ड हो। मुख्यमन्त्रीको आफ्नै निर्वाचन क्षेत्रमा रहेको उक्त वडामा पनि जसपालाई ठेलो विरोध बेहोर्नु परेको छ। मतदाताको चर्को विरोध पछि इनर्वामा मुख्यमन्त्रीलाई इज्जत जोगाउन शुक्रबार हम्मे हम्मे परेको थियो। नगवा र इनर्वा दुबै गाउँबाट मुख्यमन्त्री लगायत जसपाका उम्मेदवारहरू लखेटिएको छन्। विकास भन्दा पनि मुख्यमन्त्रीले भ्रष्टाचारलाई प्राथमिकता दिएको भन्दै व्यापक विरोध खेप्नु परेको छ। उनले ल्याएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यकरणका आधा दर्जन भन्दा बढी योजनाहरू अलपत्र परेका छन्।

मधेस आन्दोलनको रापतापमा चुनाव जित्नुभएका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव राजधानीमुखी बनेका कारण यसपालिको चुनाव गाह्रो भएको हो। बितेको पाँच वर्षमा अधिकांश समय उपेन्द्र यादव र उहाँका नेताहरू सरकारमा सहभागी भएपनि राष्ट्रिय अध्यक्षको क्षेत्रको भौतिक विकासको अवस्था जर्जर रहेको छ। तीलाठी कोइलारी गाउँपालिका वडा नम्बर ५ का बर्साइनका अरुण साह यादव हार्ने निश्चित रहेको दाबी गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ,‘विकासको त कुरै छोडनुस्, पाँच वर्षमा क्षेत्रमा कतिपटक आउनु भयो उहाँलाई नै थाहा होला।‘

यादव आफू निर्वाचित जिल्लाको त कुरै छाडौं क्षेत्र नं। २ का लागि विगत ५ वर्षमा केही पनि नगरेका आरोप स्थानीय तिलाठीका मतदाताहरूको छ। सप्तरी क्षेत्र नं। २ पिछडिएको क्षेत्र भएकाले स्थानीय जनताले पछिल्लो निर्वाचनमा “अध्यक्ष यादव राष्ट्रिय नेता भएकोले केही गर्लान् की रु ” भन्ने ठुलो आशामा मत दिएका थिए। तर जुन गोरु आए पनि उखान जस्तै नेता यादवको पनि ५ वर्ष बितेको छ। बितेको चुनावमा यादवले विकास गर्ने ठुलै आश्वासन बाँड्नु भएको थियो। तर अवस्था जर्जर छ।

पछिल्ला निर्वाचनमा प्रचार प्रसारका लागि पनि हिँडादा दशकौँ देखी विकास नभएको सप्तरी क्षेत्र नं। २ अन्तरगतका हनुमान नगरदेखि इनरुवा, भगवानपुर, कोइलाडी बरसाइन, कट्टि, सकरपुरा र बेलही हुँदै कुनौली भन्सार सम्मको बाटोमा भएका पुलहरू भत्किएको छ। सीमाबाट जिल्लाको सदर मुकाम राजबिराज जोडने ६० फिट चौडा सडक मर्मत सम्भार तथा पुनर्निर्माण नहुँदा १०–१२ फिट चौडाइमा सीमित भएको अवस्था छ।

यस क्षेत्रका जनतालाई यिनै बाटो घाटो निर्माण लगायत विभिन्न विकासका आश्वासन दिएका यादवको पार्टी सडक तथा भौतिक विकास मन्त्रालय ५ वर्षको अधिकांश समय आफ्नो भागबन्डामा लिदैँ आएको थियो। स्थानीय जनता भन्छन्, “कुन मुखले पुनस् मत माग्न आउने हुन रु लाज भए घरदैलोमा नआउलान्। लाजै पचाएका भए आउलान्,” भन्ने भाषा प्रयोग गर्न थालेका छन्।

बाढी आउँदा खेतीबारी र घर बगाउने खतरा कायमै छ भने कतिपय गाउँटोलमा कुनै आपतकालीन घट्ना जस्तै आगलागी र कोही बिरामी परे समयमा सहज तरिकाले एम्बुलेन्स र वारुणयन्त्र समेत पुग्न नसक्ने अवस्था रहेको तिलाठी कोइलाडी गाउपालिका वडा नं। ५ का पूर्व जनप्रतिनिधि ८० वर्षीय सहदेव साहको भनाइ छ। त्यसै गरी सप्तरी जिल्ला सदरमुकाम राजविराज देखी तोपा, मनसापुर, इनरुवा हुँदै हनुमाननगर जाने मुख्य बाटोको अवस्था ४० वर्ष अघिको अवस्थामा परिवर्तन नभएको जतात्यतै खाल्डाखुल्डी छ। जुन बाटो दैनिक सैयो सवारी साधनलाई आउने जाने विकल्प नभएको बाटो हो। सप्तरी क्षेत्र नं। २ बाट निर्वाचित भएर गए पछि अध्यक्ष यादव पछिल्लो ५ वर्षमा साढे ३ वर्ष आफै उपप्रधानमन्त्री हुनुभयो भने उहाँकै पार्टीकी नेतृ सप्तरी जिल्ला निवासी रेणु यादव ५ वर्ष नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुभयो ।

तर पनि आफू निर्वाचित क्षेत्रमा शून्य विकास गर्नुभयो भने जिल्ला सदरमुकाम स्थित रहेको एक मात्र रङ्गशाला गौचरणमा परिणत भएको भए पनि कसैको ध्यानाकर्षण नभएको स्थानीय मनोज यादव बताउनु हुन्छ।सप्तरी जिल्लाबाट जसपाका अध्यक्ष सहित रेणु यादव र मृगेन्द्र सिंह यादव सरकारमा सहभागी भए पनि जिल्ला तथा निर्वाचित क्षेत्रका लागी खासै केही नगरेको आरोप स्थानीयहरूको छ।

सप्तरी क्षेत्र नं। २ मा अध्यक्ष यादवसँगै जनमत पार्टीका अध्यक्ष डा। सिके राउत र सत्ताधारी गठबन्धनको तर्फबाट लोकतान्त्रीक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर चुनावी मैदानमा उत्रिनुभएको छ।

Previous Post

‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

Next Post

गर्मीका कारण सन् २०२२ मा युरोपमा कम्तीमा १५ हजारको मृत्यु

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
गर्मीका कारण सन् २०२२ मा युरोपमा कम्तीमा १५ हजारको मृत्यु

गर्मीका कारण सन् २०२२ मा युरोपमा कम्तीमा १५ हजारको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In