• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

देशभरीका शिक्षकहरु भेला भएर माइतीघरमा विरोध प्रदर्शन

by
३ अशोज २०८०,
0
देशभरीका शिक्षकहरु भेला भएर माइतीघरमा विरोध प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमाथि असन्तुष्टि जनाउँदै देशभरीका शिक्षकहरु भेला भएर काठमाडौं माएतीघरमा आन्दोलन थालेका छन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेका हुन् । संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघले जनाएको छ ।

दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा पनि शिक्षक महासंघको असन्तुष्टि जनाएको छ ।

सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने, स्थानीय तहले शिक्षकहरुलाई बर्खास्त गर्नसक्ने व्यवस्थामाथि पनि महासंघले संशोधनको माग गरेको छ ।

यस्तै अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साविक उमावि, अस्थायीरकरार, शिक्षक सिकाए अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्ने लगायतको १७ बुँदे माग राख्दै आन्दोलन गर्ने घोषणा गरेको छ । विद्यालय शिक्षा विधेयक नआएकाले दबाबमूलक आन्दोलन थालिएको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर बताएकी छिन् । सरकार र शिक्षक महासंघबीच २०७५ सालमा ३० बुँदे र २०७८ सालमा ५१ बुँदे सहमति भएको थियो ।

Previous Post

नागोर्नो – काराबाखमा सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह

Next Post

गुन्जेश्वरी ट्रेड लिङ्कमा म्याद गुज्रिएका खाद्यान्न सामाग्री भेटिएपछि ६ वटा गोदाम बन्द

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

१७ असार २०८३,
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
फिचर-ब्यानर

अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

१७ असार २०८३,
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण
आवाज

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

१७ असार २०८३,
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
Load More
Next Post
गुन्जेश्वरी ट्रेड लिङ्कमा म्याद गुज्रिएका खाद्यान्न सामाग्री भेटिएपछि ६ वटा गोदाम बन्द

गुन्जेश्वरी ट्रेड लिङ्कमा म्याद गुज्रिएका खाद्यान्न सामाग्री भेटिएपछि ६ वटा गोदाम बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In