• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागलुङमा एक दर्जन विकास निर्माणका आयोजना अधुरै

by
३१ भदौ २०८०,
0
बागलुङमा एक दर्जन विकास निर्माणका आयोजना अधुरै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट –बागलुङमा सुरु गरिएका विकास निर्माणका आयोजना समयमै पूरा भएको भए जिल्लाले मुहार फेरिसकेको हुन्थ्यो । जिल्लाका लागि विभिन्न विकासका योजना ल्याउने होडबाजी चलिरहे पनि समयमै योजना कार्यान्वयन हुन नसक्दा अवस्था भने निराशाजनक बनेको छ ।

जिल्लामा सञ्चालित एक दर्जनबढी ठूला आयोजना रुग्ण अवस्थामा छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङदेखि घोडाबाँधे खण्ड निर्माण सुरु भएको आठ वर्षमा पनि सम्पन्न हुनसकेको छैन । विसं २०७२ मा दुई वर्षमा सक्ने गरी भएको ठेक्का सम्झौता पाँच पटकसम्म म्याद थप भसकेको छ ।

मध्यपहाडी लोकमार्ग मात्रै नभइ ढोरपाटन सालझण्डी सडक, कालीगण्डकी करिडोर र गण्डकी प्रदेश अन्तर्गतका पाँच ठूला सडक निर्माणमा पनि ढिलाइ देखिएको छ ।

जिल्लामा सञ्चालित नगरखानेपानी लिफ्ट आयोजनादेखि पालिकाका सिंहदरबारसम्मका भवन निर्माणमा ढिलाइ भइरहेको छ । पछिल्लो समय अस्पताल जस्तो संवेदनशील क्षेत्रका भवनसमेत समयमै निर्माण सम्पन्न हुन नसक्नु बागलुङका लागि लज्जा बोध भएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बताए ।

उपल्ला चौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारतरसिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी–एससिएफ–इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेपनि अहिलेसम्म अझै सडक सम्पन्न हुन नसकेको हो । कूल २५ किमि सडकको दुई खण्डमध्ये १२ किमि सडकमा अझै पूर्वाधार निर्माण गर्न बाँकी छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालप पर्वतका इञ्जिनियर पवन सुवेदीका अनुसार उपल्लो खण्ड बिहुँ घोडाबाधेको १२ किमि सडकको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान लागिएको र तल्लो खण्ड बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडकको अन्तिम पटक म्याद थप्ने तयारी भइरहेको छ ।

सुवेदीका अनुसार सार्वजनिक खरिद ऐनको १२औँ संशोधनअनुसार अन्तिम पटक म्याद थप्ने तयारी भइरहेको र सडकमा निर्माणले समेत तीव्रता पाएको छ । अहिले उक्त खण्डको बाँकी काम सक्नका लागि ३० जना मजदुर परिचालन भइरहेको उहाँले जानकारी दिए ।

धौलागिरि अस्पतालको भवन निर्माण सम्पन्न भए पनि हस्तान्तरण भएको छैन । विसं २०७१ मा ठेक्का सम्झौता भएको भवन नौ वर्षमा निर्माण सकिए पनि भुक्तानी प्रक्रियामा भएको ढिलाइले हस्तान्तरण नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको धौलागिरि अस्पतालका मेडिकल सुपरटेण्डेन्ट डा रवि रञ्जन प्रधानको भनाइ छ ।

यस्तै बागलुङमा गण्डकी प्रदेश सरकारका पाँच वटा ठूला सडकमध्ये एउटा सडकमात्रै सम्पन्नताको चरणमा पुगेको छ । बाँकी चारवटा सडक निर्माण सम्झौतामा म्याद मात्रै थप गर्ने काम भइहेको छ ।

बागलुङको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक अहिले अलपत्र जस्तै छ । उक्त सडक दुई वर्ष पहिलै कालोपत्र गर्नेगरी ठेक्का सम्झौता भएकोमा अहिलेसम्म पूर्वाधारको कामसमेत सम्पन्न भएको छैन ।

पूर्वाधार विकास कार्यालय बागलुङ अन्तर्गत कुश्मिसेरा राङ्खानी सडक जस्ता अन्य तीन सडकको हालत समेत उस्तै छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक अहिले अलपत्र अवस्थामा छन् ।

सडक आयोजना मात्रै होइन रु ३४ करोडको लागतमा निर्माण हुने भनिएको बागलुङ नगर लिफ्ट खानेपानी आयोजना पनि पूरा भएको छैन । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काइ जयमाता जेभिले निर्माणको जिम्मा लिएको लिफ्ट आयोजना चार पटक म्याद थप्ने प्रक्रियामा छ । उक्त आयोजानको परीक्षणसमेत असफल भइसकेको छ ।

यस्तै बागलुङ नगरपालिकाको रु १८ करोड लागतको १५ शय्याको अस्पताल भवन, जैमिनी नगरपालिकाको प्रमुख प्रशासकीय भवन र गलकोट नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भइरहेको छ । अहिले तीन वटा भवन निर्माणको अन्तिम चरणमा आउनुपर्ने समयमा पहिलो तला ढलान गरिएको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले स्थानीय तहको आयोजनाको तुलनामा सङ्घ र प्रदेशका आयोजनाको गति सुस्त रहेको बताए। उनले विकास निर्माणका लागि योजना मागमा जस्तो ध्यान दिइन्छ त्यस्तो ध्यान कार्यान्वयनमा नदेखिएको स्वीकार गरे ।

“जिल्लाका एक दर्जन ठूला आयोजनाको प्रत्यक्ष अवलोकन गरेको छु, निर्माण कतै अलपत्र छ कतै निकै ढिलासुस्ती देखिएको छ”, उनले भने, “प्रदेशका पाँचवटा ठूला सडक र मध्यपहाडी लोकमार्ग सडक कालोपत्र हुने हो भने यहाँका जीवनस्तर बढ्ने छ ।”

ती रुग्ण आयोजनाको आफूहरुले मात्रै अनुगमन गरेर नहुने भन्दै उनले सङ्घ र प्रदेशको आयोजनाको अनुगमन र निर्माण फितलो भएको बताए । सालझण्डी–ढोरपाटन सडक र कालीगण्डकी करिडोरसमेत कालोपत्र भइसक्दा बागलुङका सबै मुख्य सडक कालोपत्र भइसक्नेछ उनको भनाइ छ ।

Previous Post

सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ’ – सुदन किराँती

Next Post

केराखेतीमा रोगको समस्या, किसान चिन्तित

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
केराखेतीमा रोगको समस्या, किसान चिन्तित

केराखेतीमा रोगको समस्या, किसान चिन्तित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In