• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संखुवासभामा हिमालय किरण पब्लिक क्याम्पसको उद्घाटन

by
२९ भदौ २०८०,
0
संखुवासभामा हिमालय किरण पब्लिक क्याम्पसको उद्घाटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको क्याम्पस भवनको नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउद र नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले मिति २०८० भाद्र २० गते संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा संखुवासभाका राजनीतिक नेता, समाजसेवी, नेपाल सरकारका अधिकारी, क्याम्पसका प्रतिनिधि र स्थानीय समुदायको उपस्थिति थियो ।
उक्त परियोजना ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार नेरु ३।७४ करोडको लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा निर्माण गरिएको हो । यस नवनिर्मित तीन तल्ले क्याम्पस भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हल आदि रहेका छन् । जिल्ला समन्वय समिति संखुवासभाले यस परियोजनाको कार्यान्वयन गरेको हो ।
परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्याएको र भारत जस्तो छिमेकी पाउनु नेपालको लागि गर्वको विषय भएको बताउनुभयो । वहाँले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरुको करियरमा सहयोग पुर्याउने भएकाले विशेष महत्व रहेको बताउनुभयो । परराष्ट्रमन्त्री साउदले नेपालको विकासमा भारतको निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । यो सहकार्यले हालैका वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरुमा ठूलो फड्को मारेको छ । वहाँले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप यो विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
हिमालय मिडिल स्कुलको रुपमा सन् १९४९ मा हिमालय किरण पब्लिक क्याम्पसको स्थापना भएको हो । सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न यस विद्यालयको स्तरोन्नति गरी हिमालय किरण पब्लिक क्याम्पस नाम राखियो । यस क्याम्पसमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा ६० प्रतिशत छात्रा रहेका छन् । हाल यस क्याम्पसमा स्नातक तहमा व्यवस्थापन र शिक्षा र स्नातकोत्तर तहमा शिक्षा विषय अध्यापन गराइन्छ । स्थापनाकालदेखि नै यस क्याम्पसले गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
सन् २००३ यता भारतले नेपालमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये कोशी प्रदेशमा विभिन्न क्षेत्रका गरी ८४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेका छन् ।  यसका अतिरिक्त भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी  तथा शैक्षिक संस्थालाई स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसर पारेर हालसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकको छ ।
भारत सरकारले हालसम्म संखुवासभा जिल्लालाई १३ वटा एम्बुलेन्स र गत जुलाईमा यस क्याम्पसलाई प्राप्त स्कुलबस समेत गरी ३ वटा स्कुल बस उपलब्ध गराइसकेको छ । यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्न नेपाल सरकारले गरेको प्रयासमा थप बल प्रदान गरेको छ ।
Previous Post

दिपक दिपाको सिनेमा हल सञ्चालनमा

Next Post

बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा चित्रकला प्रदर्शनी

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा चित्रकला प्रदर्शनी

बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा चित्रकला प्रदर्शनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In