शिक्षकः जापान कुन महादेशमा पर्छ धुर्मुस ?
धुर्मुसः थाहा छैन सर ।
शिक्षकः त्यति पनि थाहा छैन गधा ! बेन्चमाथि उठ ।
धुर्मुसः बेन्च माथि उभिदै यहाँबाट पनि देखिएन सर ।
शिक्षकः बढ्ता जान्ने हुन्छस् ? तल झरेर कुखुरा बन ।
धुुर्मुसः कुखुराले चाहिँ जापान देख्छ र सर ?
महिला सिट
जिग्री महिला सिटमा बसेर यात्रा गरिरहेको थियो । कोटेश्वरबाट एउटी केटी बस चढेर भनी — दाइ उठ्नुस् यो महिला सिट हो । म बस्छु ।
जिग्रीः हुन्छ नि ! मैले त तिमीलाई केटी भन्ठानेको थिएँ तर तिमी त महिला पो परिछौ ।
त्यसपछि त पूरै रिङरोड घुम्दा पनि त्यो सिट खाली नै रह्यो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













