पौडीलाई उत्कृष्ट व्यायाम मानिन्छ र गर्मीको मौसममा यो प्रितीकर पनि लाग्छ । तर स्विमिङ पुलको पानीमा प्रशस्त क्लोरिन मिसाइने हुँदा यसले कपाललाई रुखो बनाउने, रङ खुइलाउने र कपाल बिगार्ने गर्छ । यसबाट बच्न पौडी खेल्नुअघि कपालमा हल्का तेल मसाज गर्न सकिन्छ र पौडी खेलिसकेपछि माइल्ड खालको स्याम्पुले कपाल पखाल्नुपर्दछ । पौडी खेल्नुअघि क्यापको पनि प्रयोग गर्न सकिन्छ । कपालको रङ खुइलिनबाट जोगाउनु छ भने स्याम्पुमा १ चिम्टी बेकिङ सोडा राखेर नुहाउन सकिन्छ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













