• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र

    माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र

    कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

    कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

    उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

    उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

    फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

    फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

    पश्चिमी युरोपमा रेकर्ड गर्मी

    पश्चिमी युरोपमा रेकर्ड गर्मी

    उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात

by
२७ भदौ २०८०,
0
जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला – जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । कार्यालय प्रमुख अधिकारीले भने, “गत वर्षभन्दा यो वर्ष स्याउको उत्पादन ४० प्रतिशतले घटेको छ ।” स्याउ खेती गर्ने किसानको सङ्ख्या भने बढेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

जिल्लामा कूल स्याउ उत्पादनको विवरण सङ्कलन भइरहेको छ । अबको केही सातापछि जिल्लाभरको स्याउ उत्पादनको पूरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताए । जिल्लामा अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीको भनाइ छ ।

स्याउ लिनका लागि स्थानीय व्यापारी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन कार्यालयले वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । किसानको बगैँचाबाट प्रतिकेजी रू ६० मा स्याउ खरिद गरेर करिब ८० क्विन्टल स्याउ दाङ लिएर बिक्री गरेको स्थानीय व्यापारी तुल तिरुवाले बताए । जिल्लाको सिञ्जा भेगमा स्याउ खरिद गर्ने व्यापारी किसानको बगैँचामा पुग्ने गरेका छन् ।

“भदौको दोस्रो सातापछि मात्र स्याउ टिप्न किसानलाई परिपत्र गरेका थियौँ”। सिञ्जा गाउँपालिका कृषि शाखाका प्राविधिक दलवीर वडले भने, “अहिले यहाँका किसानलाई स्याउ टिप्न चटारो परेको छ । व्यापारीले स्याउको गुणस्तर हेरेर प्रतिकेजी रु ५० देखि ६० मा किन्ने गरेका छन् ।” जिल्लाभर स्याउको मूल्यदर एकरूपता कायम नहुँदा किसानले उचित मूल्य पाउन नसकेको कृषि प्राविधिक वडले जानकारी दिए ।

नेपाली नारीको पर्व हरितालिका तीज नजिएसँगै सुर्खेत, नेपालगञ्ज, दाङ, धनगढी र बुटवलसम्मका व्यापारीबाट स्याउको माग आउने गरेको स्थानीय स्याउ व्यापारी युवराज न्यौपानको भनाइ छ । किसानले आफ्ना स्याउ बगैँचामा उचित गोडमेल तथा काटछाँट गरेको खण्डमा स्याउ उत्पादनमा वृद्धि हुने र स्याउमा लाग्ने विभिन्न रोगको समेत न्यूनीकरण तथा रोकथाममा सावधानी अपनाउन आवश्यक रहको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुस्मा बुढाले जानकारी दिइन् । कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् ।

चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गत साउन महिनाको पहिलो साताभित्र जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए ।

Previous Post

स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा

Next Post

घूस खाएका चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड

सम्बन्धित खबर

माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र
अन्तर्राष्ट्रिय

माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र

२६ साउन २०८३,
कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न
आर्थिक

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

२६ साउन २०८३,
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

२६ साउन २०८३,
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै
आर्थिक

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

२६ साउन २०८३,
पश्चिमी युरोपमा रेकर्ड गर्मी
अन्तर्राष्ट्रिय

पश्चिमी युरोपमा रेकर्ड गर्मी

२६ साउन २०८३,
उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
आर्थिक

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

२६ साउन २०८३,
Load More
Next Post
घूस खाएका चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड

घूस खाएका चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In