• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

    सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

    जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कालीगण्डकी क्षेत्रबाट लोप हुँदै चिर कालिज

by
२६ भदौ २०८०,
0
कालीगण्डकी क्षेत्रबाट लोप हुँदै चिर कालिज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । म्याग्दीको कालीगण्डकी क्षेत्रको पश्चिमी भेगमा मात्र पाइने चिर कालिज लोप हुने स्थितिमा पुगेको छ । सीमित संख्या, निश्चित बासस्थान, न्यून प्रजनन क्षमता, बासस्थानको अभाव र अवैध चोरी सिकारीका कारण सरकारबाट संरक्षित पंक्षी चिर कालिज लोप हुने स्थितिमा पुगेको हो ।

पाँच वर्षअघि त्रिभुवन विश्वविद्यालयमा एमएससी ९प्राणीशास्त्र० विभागका केशव चोखालले एक वर्ष लगाएर म्याग्दीका विभिन्न ठाउँमा पुगेर गरेको अनुसन्धानबाट यहाँ करिब ६० चिर कालिज पाइएका थिए । उचित वातावरणको अभावका कारण अहिले ती चिर कालिज घटेका पाइएको उनले बताए । चिर कालिजमा निरन्तर अनुसन्धान गर्दै आएका चोखालले यो पक्षी किसानको साथी भएको बताए ।

चिर कालिजको बासस्थान धेरैजसो खेतीयोग्य जमिन नजिकै हुने हँुदा खेतीबालीमा लाग्ने कीरालाई यसले आहारा बनाउने र बाली नष्ट गर्नबाट जोगाउने गर्दछ । स्थानीयको गलत बुझाइका कारण चिर कालिजलाई मार्ने वा धपाउने गर्दा यो किसानको पनि प्रतिशोधको सिकार भएको उनको भनाइ छ । चिर कालिजको संरक्षणका लागि निरन्तर डिभिजन वन कार्यालयलाई अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको उनले गुनासो राखे ।

म्याग्दीको चिर कालिज संरक्षणका लागि समुदायमा सहभागितात्मक कार्यक्रम सुरु गर्नुपर्ने उनले बताए । केही समयभित्र नै त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानको सहयोग र सहकार्यमा म्याग्दीमा चिर कालिजको अवस्थाबारे थप अध्ययन र स्थानीय समुदायलाई सहभागी गराएर समुदायसँग चिर कालिज संरक्षण कार्यक्रम सुरु गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । ‘चिर कालिज कालीगण्डकी नदीको पश्चिम क्षेत्रमा पाइन्छ, म्याग्दीमा पछिल्लो मेरो अध्ययन अनुसार डडुवा, थाइबाङ, हिदि, मुना, मुदी, खिबाङ लगायतका क्षेत्रमा रेकर्ड छ’, अध्येता चोखालले भने, ‘तर कालीगण्डकी क्षेत्रमा पर्ने दानाको काभ्रे भिर, थोराँै र तातोपानीमा अत्यन्त कम रेकर्ड भएको छ ।’

उनका अनुसार चैत वैशाखमा चिर कालिजको प्रजनन क्रिया सुरु हुन्छ । सोही समय जङ्गलमा डढेलो लाग्नुका साथै अन्य वातावरणीय असन्तुलनका समस्या देखिने हुँदा बर्सेनि दुर्लभ मानिएका चिर कालिज घट्दै जाँदा लोपोन्मुख अवस्थामा पुगेका हुन् । नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाको सहयोगमा उनले लामो समय लगाएर चिर कालिजको अवस्था, बासस्थान, संख्या र लोप हुनाका कारणबारे अनुसन्धान गरेका छन् ।

‘क्याट्रस बालिचि’ वैज्ञानिक नाम रहेको यस पंक्षीलाई अंग्रेजीमा चिरफेजेन, नेपालीमा चिर कालिज र सुदूरपश्चिमा चेडु चराका नामले चिनिन्छ । साइटिस घोषणापत्र र आइयुसियन अन्तर्राष्ट्रिय संस्थाको ‘आइ’ सूचीमा राखिएको यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ । नेपालमा यो पंक्षी समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको भू–भागमा पाइने अनुसन्धानकर्ता चोखालले बताए । नेपालमा करिब एक हजारको संख्यामा रहेको यो पंक्षी म्याग्दीमा मात्रै ५० देखि ६० सम्म भएको अनुमान गरिएको छ ।

नेपाल, भारत र पाकिस्तानमा मात्रै पाइने यो चरा झट्ट हेर्दा कालिजको पोथी जस्तै देखिए पनि कालिज र चिर कालिजमा धेरै भिन्नता रहेको चोखालको भनाइ छ । यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ रातो, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ता चोखालले बताए ।

बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुई पटक मात्र चिरचिर गरेर कराउने चिर कालिजको मुख्य विशेषता हो । उनका अनुसार यो पक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जङ्गल नभएको खुल्ला भीर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ । भीरमा नै बासस्थान बनाउने यो पंक्षीले एक पटकमा सात देखि १५ सम्म फुल पार्ने गर्दछ । चिर कालिज अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर म्याग्दी, बागलुङ र कर्णाली तथा सुदूरपश्चिममा पाइने अनुसन्धानबाट खुल्न आएको छ ।

म्याग्दीमा यो पक्षी कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाको तटीय क्षेत्रमा पनि पाइएको तर पछिल्लो समय चिर कालिजको सङ्ख्या घट्दै गएको अनुसन्धानकर्ता चोखालले बताए । ‘वन कार्यालयले स्थानीय समुदायको सहभागीतामा चिर संरक्षण कार्यक्रम ल्याउन पर्छ’, चोखालले भने ।

अवैध चोरी शिकारी, आगलागी, बासस्थानको ह्रास र जनचेतनाको अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको छ । उनले समुदायबीच सचेतना कार्यक्रम, चोरी शिकारी नियन्त्रण, बासस्थानको संरक्षण तथा बासस्थानबीचको बाटो निर्माणका साथै थप अनुसन्धान गरे यो पंक्षीको संरक्षण गर्न सहज हुने उनले बताए । उनका अनुसार पर्यापर्यटनको विकास जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तुको संरक्षणका लागि पनि चिर कालिजको संरक्षण गर्नु आवश्यक छ ।

Previous Post

भारतको आसामबाट सिङ्गापुरमा फलफूल ढुवानी

Next Post

दिल्ली घोषणापत्र अन्तर–आत्माको आवाज बनेको भन्दै जी–२० सम्मेलनप्रति रुस खुसी

सम्बन्धित खबर

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ
समाचार

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

११ बैशाख २०८३,
नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज
समाचार

नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

११ बैशाख २०८३,
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत
समाचार

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

११ बैशाख २०८३,
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
फिचर-ब्यानर

डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

११ बैशाख २०८३,
सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?
फिचर-ब्यानर

सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

११ बैशाख २०८३,
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
समाचार

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

११ बैशाख २०८३,
Load More
Next Post
दिल्ली घोषणापत्र अन्तर–आत्माको आवाज बनेको भन्दै जी–२० सम्मेलनप्रति रुस खुसी

दिल्ली घोषणापत्र अन्तर–आत्माको आवाज बनेको भन्दै जी–२० सम्मेलनप्रति रुस खुसी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In