• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

    म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

    चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

    चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज खोल्न जर्मनीको आग्रह

    यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्यान्मामा ‘सुनियोजित दमन’ का कारण लोकतन्त्रको पुनः स्थापित हुने आशा क्षीण बन्दै

by
२२ भदौ २०८०,
0
म्यान्मामा ‘सुनियोजित दमन’ का कारण लोकतन्त्रको पुनः स्थापित हुने आशा क्षीण बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इन्डोनेसियामा संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय नेताहरूसँगको शिखर सम्मेलनमा जुन्ता शासित म्यान्मामा प्रजातन्त्र फर्कने आशालाई ‘सुनियोजित दमन’ ले क्षीण बनाएको बताएका छन् ।

म्यान्मा सन् २०२१ मा भएको सैनिक ‘कू’ ले आङ सान सुचीको सरकारलाई सत्ताच्युत गरेयता हिंसात्मक दमनको चपेटामा परेको छ । “क्रूर हिंसा, बढ्दो गरिबी र व्यवस्थित दमनले लोकतन्त्रमा फर्कने आशालाई कुल्चिरहेको छ’, दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० बैठक सुरू हुनुअघि गुटेर्रेसले भने ।

दुई वर्षअघि भएको पाँच बुँदे शान्ति योजना कार्यान्वयन नगरेसम्म आसियान शिखर सम्मेलनमा भाग लिन प्रतिबन्ध लगाइएपछि जुन्टा त्यहाँ उपस्थित थिएन । यसअघिको भाषणमा विश्वले ‘ठूलो त्रासदी’ भोगिरहेको बताएका गुटेर्रेसले विगत एक वर्षमा राजनीतिक तथा आर्थिक अवस्था ‘झनै बिग्रँदै गएको’ बताएका थिए ।

आसियान नेताहरूसँगको भेटअघि उनले म्यान्माका सैन्य अधिकारीहरूलाई हिरासतमा रहेका नेता र राजनीतिक बन्दीहरूलाई रिहा गर्न र लोकतान्त्रिक शासनमा फर्कन आह्वान गरेका थिए । अपदस्थ नागरिक नेतृ सुची अझै पनि हिरासतमा रहेका पूर्व अधिकारीमध्ये एक हुन् । गुटेर्रेसले सन् २०१७ मा म्यान्माबाट भागेका रोहिङ्ग्या शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि आवश्यक शर्तहरु अझै पूरा भएको नदेखिएको बताएका छन् । म्यान्माले रोहिङ्ग्या शरणार्थीको सामूहिक बहिर्गमनपछि संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतमा नरसंहारको आरोप खेपिरहेको छ ।

आसियान शिखर सम्मेलनमा सहभागी नेताहरूले म्यानमाका सैन्य शासकहरूलाई ‘हिंसा कम गर्न र नागरिकहरूमाथि लक्षित आक्रमणहरू रोक्न’ आह्वान गरेका छन् । सन् २०२६ मा आसियानको रोटेटिङ चेयरका रूपमा म्यान्मालाई फिलिपिन्सले प्रतिस्थापन गरेको छ । इन्डोनेसियाका एक अधिकारीले नाम नबताउने शर्तमा भने, ‘उनीहरू अझै पनि एक्लो छन्, आसियानले उनीहरूलाई विश्वास गर्दैन ।’ गुटेर्रेसले पाँच बुँदे शान्ति योजनाअन्तर्गत सङ्कट समाधान गर्ने प्रयासको स्वागत गरे पनि जुन्टाले यसलाई बेवास्ता गरेको छ ।

शिखर सम्मेलनको सुरुमा एक विस्तृत भाषणमा उनले विश्वका नेताहरूलाई विश्वव्यापी जलवायु सङ्कट समाधानका लागि कदम चाल्न ‘तापक्रम वृद्धि’ नियन्त्रणका उपाय अवलम्बन गर्न आह्वान गरे । सन् २०२३ मानव इतिहासकै सबैभन्दा गर्मी वर्ष हुने युरोपेली सङ्घको अनुगमन निकायले बताएको एक दिनपछि उनले ‘जलवायु परिवर्तन नियन्त्रण अभियान सुरु भएको’ बताएका थिए ।

Previous Post

सुदूरपश्चिमको राजधानी र नाम फेर्न कसरत

Next Post

फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने

सम्बन्धित खबर

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
अन्तर्राष्ट्रिय

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

२७ साउन २०८३,
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
आर्थिक

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

२७ साउन २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

२७ साउन २०८३,
चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?
फिचर-ब्यानर

चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

२७ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज खोल्न जर्मनीको आग्रह

२७ साउन २०८३,
यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
समाचार

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

२७ साउन २०८३,
Load More
Next Post
प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In