१. नेपालमा पात्रोको प्रकाशन सर्वप्रथम कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
– रणोद्दीप सिंह ।
२. राणाकालीन तेजारथ अड्डाको स्थापना कुन राणा प्रधानमन्त्रीले गरेका हुन् ?
– रणोद्दीप सिंह ।
३. नेपाल सरकारको वैधानिक कानुन, २००४ को घोषणा पद्म शमशेरले कहिले गरेका थिए ?
– २००४ माघ १३ ।
४. बुलेट महाराजको उपनाले कसलाई चिनिन्छ ?
– युवराज त्रैलोक्य ।
५. सबैभन्दा कम समय शासन गर्ने राणा प्रधानमन्त्री को हुन् ?
– देव शमशेर ।
६. सिंहदरबारमा कहिले आगलागी भएको थियो ?
– २०३० असार २५ ।
७. नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति को हुन् ?
— जङ्गबहादुर राणा ।
८. लालमोहर लगाउने चलन कुन राजाको पालादेखि चलेको हो ?
– पृथ्वीनारायण शाह ।
९. पृथ्वीनारायण शाहसँग छाता र जुत्ता माग्ने मल्ल राजा को हुन् ?
– जयप्रकाश मल्ल ।
१०. वि.सं. २००७ को क्रान्तिको क्रममा राजा त्रिभुवन २००७ कार्तिक २६ मा भारत गएका थिए भने कहिले स्वदेश फर्किएका थिए ?
– २००७ फागुन ४ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













