राम्रो कपालले मानिसलाई थप आकर्षक बनाउँछ । पछिल्लो समयमा मानिसहरु कपाल झर्ने समस्याका कारण बढी चिन्तित देखिन्छन् । कपाल झर्ने समस्याको रोकथामको लागि विभिन्न उपाय अपनाउन सकिन्छ । त्यसका लागि केही घरेलु उपायहरुका बारेमा यहाँ चर्चा गरिएको छ—
– नुहाउनु अघि कपालमा तेल लगाउँदा कपाल बलियो हुन जान्छ र झर्ने समस्याबाट मुक्ति पाउन केही सहयोग गर्छ । कुनै रङ प्रयोग गरेको कपाल छ भने बाक्लो र बढी मोस्चर भएको तेल प्रयोग गर्नु राम्रो हुन्छ ।
– कपाल सुक्खा छ भने नरम बनाउन सक्ने प्रकृतिको तेल लगाउनुपर्छ । यस्तो कपालमा नुहाउनुभन्दा तीन घण्टाअघि नै नरिवलको तेलले मसाज गर्नु राम्रो हुन्छ ।
– कुनै पनि रङ प्रयोग नगरेको सुख्खा कपालमा जैतुन या तोरीको तेलले मसाज गर्नु उपयुक्त हुन्छ । कपालको जरैदेखि भिज्ने गरी मसाज गरेर दुई घन्टापछि नुहाउनुपर्छ ।
– साधारण कपालमा क्वालिटी मेन्टेन गर्न नुहाउनुभन्दा दुई घण्टाअघि बदामको तेलले मसाज गर्नु राम्रो हुन्छ ।
– नुहाउनुअघि बढी मोस्चर भएको तेल राम्रोसँग तताएर मनतातो भएपछि लगाउनु उपयुक्त हुन्छ भने नुहाएपछि लगाउने तेल ननस्टिकी मोस्चर कम भएको हुन जरुरी छ । यस्तो तेलले कपाल नरम बनाउँछ ।













