स्वस्थ दूध पिउने बच्चाहरु चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको सम्भावना कम हुने देखिएको छ । एक अध्ययनले सार्वजनिक गरेअनुसार ‘होल मिल्क’ अर्थात् स्वस्थ दुध पिएका बच्चामा मोटोपनको सम्भावना कम हुने गरेको पाइएको छ ।
सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित भएको थियो ।
चिल्लो पदार्थयुक्त दुध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दुध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने उक्त अध्ययनको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
उक्त प्रतिवेदनहरुमा गाईको दुध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो । त्यस अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो ।













