• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

by
२० भदौ २०८०,
0
जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनजङ्गलको विकल्पको खोजीमा जुटेका हुन् ।

खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन् । वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदायले होमस्टे (घरबास) सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेका छन् । उनीहरूले २०७७ देखि १० वटा बोटे होमस्टे (घरबास) र चार सामुदायिक माछापोखरी बनाएका छन् । अगुवा जगनारायण बोटे पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताउछन्।

उनले भने, “अहिले पहिलाको जस्तो वनजङ्गल र खोलामा आश्रित हुनुपरेको छैन ।” कहिलेकाहीँ रहरले माछा मार्न खोलामा जाने गरेको भए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बोटेले बताए । होमस्टे सञ्चालनमा आएसँगै वार्षिक खर्च कटाएर रु ६०–७० हजार कमाइ हुँदै आएको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जले २०७२ सालमा निकुञ्ज र ताल कार्यक्रमसँग मिलेर माडीका ती समुदायलाई माछापालन तथा होमस्टे सञ्चालनका लागि तालिम दिएको थियो । तालिमपछि यो समुदायले बोटे परिकार खुवाउनका लागि होमस्टे सञ्चालन गरेको लालुमाया बोटे बताउछिन्। जङ्गल र खोलानालामा धेरै जाने जाति भनेर चिनिएको यस समुदायमा अहिले मुहार फेरिन थालेको उनले बताइन् । उनले भनिन्, “पहिला हामी छ महिना खेतीपाती गरेर खाए छ महिना जङ्गल र खोलानालामा गएर गुजरा चलाउनुपथ्र्यो । होमस्टे सञ्चालनमा आएसँगै त्यो समस्या हटेको छ ।” अहिले होमस्टेमा आउने पाहुनाका लागि खुवाउन पोखरी निर्माण गरी माछापालन गरिरेहको उनले जानकारी दिइन् ।

बोटे सामुदायिक होमस्टेको नामबाट सञ्चालनमा ल्याइएका होमस्टेमा एकपटकमा ६० जनासम्म बस्न मिल्ने व्यवस्था छ । होमस्टे सञ्चालनमा आएसँगै पहिलाको जस्तो खोला र जङ्गलमा निर्भर हुनु नपरेको विका बोटे बताउछिन्। खोलानालामा र वनजङ्गलमा जाँदा वन्यजन्तुको आक्रमणबाट परिवार गुमाउनुभन्दा अर्को विकल्प खोज्नु उत्तम भएकाले होमस्टे सञ्चालनमा ल्याइएको उनको भनाइ छ । अहिले होमस्टे सञ्चालनमा ल्याएर गुजारा चलाउन थालेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम भएको बोटेले बताइन्। उनले भनिन्, “हामी भनेको वनजङ्गल र खोलानालाको पनि संरक्षण गर्ने जाति हो ।”

बोटे सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष बोटे पहिलेको तुलनामा माछा मार्ने, जङ्गल जानेलगायतका काम कम हुँदै आएको बताउछन्। उनका अनुसार अहिले बोटे समुदायले होमस्टे सञ्चालन, सामूहिक माछापालन, बाख्रापालन, खेती किसानीलगायतका काममा लागेर खोला र वनजङ्गल छोडेका हुन् । उनले भने, “खोलामा गएर माछा मार्ने, जङ्गलमा गएर न्यूरो, तामालगायत ल्याएर बेच्नुभन्दा यही जग्गा भाडा तथा ठेक्का लिएर खेतीपाती गर्ने गरेका छन् ।” वैदेशिक रोजगारीमा समेत जाने प्रचलन यो समुदायमा बढ्न थालेको बोटेले जानकारी दिए ।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो होमस्टे सञ्चालन र माछापालनसँगै उनीहरुको जीवनस्तरमा केही सुधार आएको बताउछिन् । उनले होमस्टे निर्माणका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिइन् । उनले भनिन्, “उनीहरूलाई ज्ञान र सीप दिएर वन र खोलामा आश्रित हुनबाट रोक्नुपर्छ ।”

खोलामा गएर माछा मार्ने र त्यही माछा बिक्री गरेर जीविकोपार्जन गर्ने बोटे सामुदायलाई वैकल्पिक पेसामा लगाउन सकेमा संरक्षणमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

Previous Post

‘ग्राहक नै आउँदैनन्’, पहिलेजस्तो व्यापार नभएको जनकपुरका व्यापारीको गुनासो

Next Post

किन एक-अर्काको दुश्मन थिए मनिषा र ऐश्वर्या ?

सम्बन्धित खबर

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
Load More
Next Post
किन एक-अर्काको दुश्मन थिए मनिषा र ऐश्वर्या ?

किन एक-अर्काको दुश्मन थिए मनिषा र ऐश्वर्या ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In