मन जहाँ छ, त्यहाँ रहँदैन । धैर्यको प्रज्ञाले सजग रहने अभ्यास छ, त्यसै स्थितिमा सङ्कल्प, विकल्प, शून्यमा बस्न सकिन्छ । कुनै पनि आदतद्वारा मनलाई निमन्त्रित गर्ने कोशिस ग-यौ कि त्यो निमन्त्रणको अभ्यास बन्धन हुन्छ, तसर्थ धैर्यपूर्वक वर्तमानमा रहँदा निर्दोषपद्धति भ्रमण गर्ने, ध्वनि गर्ने, श्वास हेर्ने प्रकृतिको दृश्यावलोकन गर्ने, निर्दोष वार्ता (सत्सङ्ग) शून्य मनको बारेमा सुन्ने÷सुनाउने, पढने÷पढाउने गर्ने परन्तु यी सबै प्रक्रियालाई आदत बन्न दिनुहुन्न । आदत बन्यो कि त्यो मन भइहाल्छ । अनावश्यकलाई त्याग्न सक्नुपर्छ । कलह द्वन्द्व नमच्चाई मौन उठेर अर्कातिर हिँडिदिन सक्नुपर्छ । आवेशमा केही भनियो भने हृदयबाट क्षमा माग्न र दिन सक्नुपर्छ ।
फलानोले यस्तो हुनुपर्ने, गर्नुपर्ने भन्नुभन्दा आपूmले त्यस्तो भएर जीवनयापन गर्नुपर्छ । जसले जस्तो गर्छ त्यही भर्छ भने आपूmले राम्रो गर्नुपर्छ । यहाँ गर्न भनेको कर्म होइन चिन्तन हो । चिन्तन बदल्यो, दृष्टिकोण बदल्यो, सबै बदल्यो । अहङ्कारले स्वार्थले, निन्दास्तुतिले, आग्रहयुक्त मनले हेर्ने, सम्झिने बानी छोड्ने बित्तिकै, समदर्शन, सत्यदर्शन आत्मदर्शन प्रकाशित हुन्छ ।
मृत्युले छुटाइदिने चीजलाई विवेक वैराग्यले छोड, त्यहाँ स्वतन्त्रता छ, मौन बस, श्वास हेर । जहाँसम्म भेद छ, त्यहाँ धर्म छैन । जहाँ धर्म छैन, त्यहाँ ज्ञान छैन, त्याग छैन, बोध छैन, जीवनमा शान्ति छैन । प्रेम हुनु सत्सङ्ग हो जहाँ विनाप्रेमको अनुयायी बन्नु छ त्यो लोभ हो, अज्ञान हो, स्वार्थ हो । जहाँ प्रेम छ, त्यहाँ अपनत्व छ जहाँ हृदयको अपनत्व छ त्यहाँ शरीरको, धनको लोभमोह छैन । त्यहाँ सहज तपस्या, स्मृति र सेवा समर्पण छ । त्यसो हुँदा साँचो प्रेम हुनु सत्सङ्ग होे ।
धन नदिई मन जाँदैन, मन नभई गुरुभक्ति हुँदैन । भक्तिविना ज्ञानका कुरा टिक्दैनन् । ज्ञान नटिकी बन्धन काटिँदैन, धन–तनद्वारा सेवा गर्दा यो सेवा गर्ने सौभाग्य पाएँ भन्ने भाव आयो भने परमपुण्यका साथ प्रेमको विकास हुन्छ र सन्तोष, त्याग, वैराग र धैर्यको वृद्धि हुन्छ ।
धन–तनले सेवा गर्दा मैले यति गरेँ, कसले गर्न सक्छ । यस्तो गर्ने त ‘म’ मात्रै छु । ‘म’ भन्ने अभिमान आयो भने असन्तोष, दोषदर्शनका साथ भक्ति कम हुँदै गएर अभिमान र अज्ञानसहित चिन्ता र लोभको वृद्धि हुन्छ । आपूmले कसैसँग केही आशा राखियो भने उसले पनि आशा राख्नु स्वाभाविक हो । परन्तु आपूmले केही आशा नराखे अरूले आशा राखून् न राखून्, त्यो मानसिक दुविधासँग सन्तको केही सम्बन्ध छैन ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













