• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मालढुङ्गा–बेनी सडकः सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम

by
१८ भदौ २०८०,
0
मालढुङ्गा–बेनी सडकः सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्रै काम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम सम्झौता अवधि नाँघीसक्दा जम्मा ४० प्रतिशत मात्र प्रगति भएको छ ।

सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आवतजावत गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किमी दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि अहिलेसम्म ४० प्रतिशत मात्र काम भएको छ ।

जोमसोमस्थित कालीगण्डकी करिडोर आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार हालसम्म मालढुङ्गा–बेनी सडकको ४० प्रतिशत काम सम्पन्न भएको छ ।

“विसं २०८० पुससम्म म्याद थप भएको थियो सडक निर्माणका क्रममा विभिन्न बाधा अवरोध सिर्जना भएकाले ढिला भएको हो उनले भने, “सायद यतिबेला सडक निर्माण अन्तिम अवस्थामा पुग्थ्यो होला, ढुङ्गा, गिट्टी, बालुवा अभावले पनि ढिला भएको हो । ”

आयोजना प्रमुख प्रजापतिले निर्माण कम्पनीलाई थप स्रोतको व्यवस्था गरेर अहिले सडकमा सवारीसाधन र यात्रुले पाउँदै आएको समस्या समाधान गर्न निर्देशन दिएको बताए । “हामी तत्काल अहिलेको समस्या हटाउन लाग्छौँ”, उनले भने, “खाडल हटाउनका लागि निर्माण कम्पनीलाई कुनै बजेट मिलाएर लगाउँछौँ ।”

प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले मालढुङ्गा–बेनी सडकखण्डमा निर्माण व्यवसायीको लापरबाहीले लामो समयदेखि समस्या देखिँदै आएको बताउँदै सडक सहज बनाउन ताकेता गरिएको जानकारी दिए । उनले थप स्रोत व्यवस्था गरेर पनि यात्रुलाई हिँडडुल गर्न र साना तथा ठूला सवारी साधन सञ्चालनमा सहज गराउन भनिएको जानकारी दिए ।

कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएको भन्दै निर्माण कम्पनीले झण्डै एक वर्षदेखि धमाधम काम गरेको छैन । थोरै सङ्ख्यामा मजदुर राखेर काम भएको देखाउँदा समयमै सम्पन्न हुन नसकेकोे स्थानीयवासी हरेमबहादुर खत्रीले बताए ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा रोकिएको छ ।

तेह्र किमी लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुँदै आएको छ । सडकमा रहेका ठूलाठूला खाडल, हिलो र ढुङ्गा तथा पहिरोका कारण जोखिमपूर्ण बनेको उनको भनाइ थियो ।

मालढुङ्गादेखि बेनीसम्मको १३ किमी पार गर्न घन्टौ समय लाग्ने गरेको छ भने मोटरसाइकल, स्कुटर र कार तथा ट्याक्सी चलाउन तथा पैदलयात्रु हिँड्नसमेत नसक्ने अवस्था रहेको यात्रुहरुले गुनासो गर्दै आएका छन् । सडकको निर्माण ढिलाइ हुँदा चौतर्फी दबाबका कारण सुरु भए पनि निर्माण सामग्री नहुँदा द्रुत गतिमा काम हुन नसकेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए ।

सडकको धेरै ठाउँमा सबबेस र बेस बिछ्याउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चापदार्थ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नु परेको उनको भनाइ थियो ।े

कालीगण्डकी नदीमा शालिग्राम पाईने भएकाले क्रसर व्यवसायीले जथाभावी उत्खनन गर्दा यहाँको संस्कृति र सभ्यता नै लोप हुने अवस्थामा पुगेको भनेर सर्वोच्च अदालतमा रिट दायर भएकामा उक्त अदालतको अन्तरिम आदेशपछि स्थानीय तहलेसमेत नदीबाट ढुङ्गागिटी उत्खननका लागि ठेक्का लगाउन सकेको छैन ।

निर्माण कम्पनीले गएको माघ १७ मा सबै सरकारी निकायलाई विपक्षी बनाएर निर्माण सामग्रीको सहज व्यवस्थापनका लागि सर्वोच्च अदालतमा रिट दायर गरे पनि पुरानो मुद्दा कायमै रहेको भन्दै नयाँ आदेश नदिएकाले निर्माण कम्पनी काम छाडेर हिँड्न बाध्य भएको व्यवसायी दाहालको जिकिर थियो ।

Previous Post

साढे ११ हजार स्मार्ट सडक बत्ती जडान

Next Post

खेलकुद मन्त्रालयको प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

सम्बन्धित खबर

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
Load More
Next Post
खेलकुद मन्त्रालयको प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

खेलकुद मन्त्रालयको प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In