हिन्दु संस्काअनुसार शुभ रङ्ग सिन्दुर विवाहीत महिलाले दैनिक प्रयोग गर्ने गर्छन् । विभिन्न उत्सव, पर्वहरु मनाउन, तथा पूजाआजामा सिन्दुर अनिवार्य जस्तै मानिन्छ । तर, त्यस्तो आस्थाको रङ्ग सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । सिन्दुरमा लिड अर्थात् सिसाको अधिक प्रयोग हुने गरेको अध्ययनले देखाएको छ । लिड मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
सिँउदोमा प्रयोग गर्ने सिन्दुर हावाको माध्यामबाट हाम्रो फोक्सोमा पुग्छ । त्यस्तै, खानाको माध्यामबाट पेटमा पुग्छ । यतिबेला त्यसमा रहेको सिसाको सोझो असर शरीरमा पर्ने नै भयो । अझ यसको जोखिम नवजात शिशुमा बढी पर्छ । आमाको सिन्दुरले उनीहरुको स्वास्थ्यमा एकदमै प्रतिकुल असर पार्न सक्छ ।
‘सिसामा निश्चित मात्रा भन्ने हुँदैन, त्यसैले यो कसैको लागि पनि सुरक्षित छैन ।’ रङमा सिसाको प्रयोगले स्वास्थ्यलाई त खराब गर्छ नै, वौद्धिक क्षमतामा समेत ह्रास आउने बताइन्छ । त्यसैले गाढा सिन्दुरको सकेसम्म कम प्रयोग गर्ने र सिन्दुरलाई जथाभावी प्रयोग नगरी सही सदुपयोग गर्नुपर्छ ।













