१. जीव–जन्म, जरा र मृत्युबाट हुने दुःख जान्दछ । विचार पनि गर्दछ, तापनि विषय मोहबाट विरक्त हुन सक्दैन किनकि मायाको गाँठो अति बलियो हुन्छ ।
२. यी काम भोग क्षणभरको सुख र चीरकालसम्म दुःख दिनेवाला छन्, धेरै दुःख र थोरै सुख दिनेवाला छन् । यी मुक्तिका विरोधी र अनर्थको खानी हुन् ।
३. इच्छा नै अवगुणको जरो हो, द्वेष, भ्रम अवगुणको जरो हो । नराम्रा काम अधुरो छोड्नु उत्तम हुन्छ, किनकि एउटा कुकर्मले यस जन्मपछि व्यक्तिलाई पीडित गर्दछ ।
४. हे मित्र ! हत्या, चोरी झुट, निन्दा, ईष्र्या, घृणा गर्नु र यिनलाई मनमा पाल्नु अनुचित हो । यी सबै अवगुण हुन् ।
५. जसरी रक्षक र अधिक धन बोकेको व्यापारी खतरापूर्ण बाटो हिँड्न छोड्छ, जिवीविषायुक्त व्यक्ति विषदेखि टाढै हुन्छ त्यसरी नै मानिसले अवगुणहरुबाट जोगिनु पर्दछ ।
६. व्यक्तिका सबै कुकर्म दस अवगुणले गर्दा दुषित हुन्छन् । यदि यी दस अवगुणबाट टाढा रहन सके असल बन्न सकिन्छ । तिनमा तीन अवगुण शरीरका हुन्, चार जिभ्रोका हुन् र तीन मनका हुन् । हत्या, चोरी र व्यभिचार शरीरका अवगुण हुन् । झुटो बोल्नु, निन्दा गर्नु, गाली गर्नु र फतफताउनु जिभ्रोका अवगुण हुन्, लोभ, द्वेष र त्रुटि मनका अवगुण हुन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













