काठमाडौं । ललिता निवास जग्गा किर्ते प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।काठमाडौं जिल्ला अदालतमा आइतबार कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ भने ५२ जनाले जग्गा जग्गा फिर्ता गर्ने भन्दै प्रहरीमा निवेदन दिएका थिए ।
सीआइबीले सरकारी वकिललाई बुझाएको प्रतिवेदनमा ल ५२ जनाबाट जग्गा जफत गर्ने दाबी पेश गरिएको छ । ८ जना सरकारी वकिलले अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोग पत्र तयार गरेका थिए ।
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणमा संलग्न आरोपीलाई अदालतमा उपस्थित गराइएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै १८ जना आरोपीतलाई अदालतमा उपस्थित गराएको हो । अन्य फरार सुचीमा रहेका छन् ।
सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेपनि सरकरी वकिल कार्यालयले सरकरी कीर्तेमा मात्र मुद्दा दायर गरेको हो । अनुसन्धानका क्रममा पक्राउ गरिएका निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाहविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । उक्त प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । पुरानो घटना भएकाले यसमा मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको हो।













