आयुर्वेदका अनुसार सुत्ने तरिकाले पनि स्वास्थ्यमा फरक असर पार्छ । देब्रेतर्फ पल्टेर सुत्दा राम्रो निद्रा लाग्छ र स्वास्थ्य पनि राम्रो हुन्छ । हाम्रो मुटु देब्रेतर्फ हुन्छ । देब्रेतर्फ पल्टेर सुत्दा गुरुत्वाकर्षणको सहायताले मुटुको लसिका (लिम्फ) निस्कन सहज हुन्छ । गुरुत्वाकर्षणको सहायताले शरीरमा रक्तसञ्चार थप राम्रो हुन्छ र मुटुको कार्यबोझ कम हुन्छ । अनि मुटुले राम्रो तरिकाले काम गर्छ र स्वस्थ रहन्छ ।
देब्रेतर्फ कोल्टे पारेर सुत्दा गुरुत्वाकर्षणको सहायताले शरीरभित्र रहेको फोहर सहजताका साथ सानो आन्द्राबाट ठूलो आन्द्रामा पुग्छ । देब्रेतर्फ फर्केर सुत्दा बिहान उठ्दा फ्रेश हुनुको साथै शरीरको पाचनतन्त्र पनि राम्रो हुन्छ ।
देब्रेतर्फ कोल्टे फेरेर सुत्दा सुत्दा जिभ्रो र घाँटी दुवै न्युट्रल पोजिसनमा रहन्छन् । जसले गर्दा एयरवेज सफा हुने हुँदा सजिलै सास फेर्न सकिन्छ र घुराइ पनि कम हुन्छ ।
देब्रोतर्फ कोल्टे फेरेर सुत्दा ढाडमा पर्ने दबाब कम हुने हुँदा गर्भवती महिलाका लागि पनि राम्रो हुन्छ । अनि गर्भाशय र भ्रुणसम्म रगतको प्रवाह पनि बढ्छ ।
देब्रेतर्फ सुत्दा हुने अन्य फाइदा यस्ता छन् ः
गम्भीर रोगबाट छुटकारा मिल्छ
गर्दन र पिठ्युँको पीडा कम हुन्छ
शरीरबाट विषाक्त तत्व निकाल्न सहायता पुग्छ
ब्रेनमा सकारात्मक असर पर्छ
मिर्गौला र कलेजोको काम झन् राम्रो हुन्छ













