१. अयोग्य कार्य गर्नबाट, योग्य काम टार्नबाट र काम सिद्ध हुनु अघि गुप्त मन्त्र प्रकट हुनुबाट डराउनु पर्दछ । यस्तो पेय पिउनु हुन्न जुन मात लाग्दछ ।
२. राम्रा काम गर्नाले लक्ष्मी प्राप्त हुन्छ । विचारपूर्वक काम गर्नाले बढोत्तरी हुन्छ । अवसर अनुकूल शीघ्र काम गर्नाले लक्ष्मी बस्छिन् र इन्द्रिय संयम् गर्नाले लक्ष्मी स्थायी रुपमा बास गर्छिन् ।
३. संसारमा सुख–दुःख, भाव–अभाव, लाभ–हानी र जीवन–मरण यी सबै कुरा प्राणीलाई पालैपालो प्राप्त हुन्छन् । त्यसैले धैर्यवान पुरुपा न त इष्ट प्राप्तिमा प्रसन्न बनोस् न त अनिष्ट प्राप्तिमा शोक गरोस् ।
४. शोक गर्दैमा इष्ट बस्तु प्राप्त हुँदैन, बरु शरीर र मन पीडित हुन्छ, शत्रु प्रसन्न हुन्छन्, त्यसैले शोक र चिन्तामा मनलाई नलगाऊ ।
५. शोक र सन्तापले रुप, बल, ज्ञान र स्मृति नष्ट हुन्छ र सन्तप्त व्यक्ति रोगी हुन्छ ।
६. मूर्ख र दुष्ट व्यक्तिले सज्जन र विद्वान्लाई गाली र निन्दा गरी कष्ट दिन्छन् । दुष्ट व्यक्तिको बल हिंसा हो । राजाको बल दण्ड दिनु हो । नारीको बल सेवा हो । र गुणवानको बल क्षमा हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













