• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

by
१६ कार्तिक २०७९,
0
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका(२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचे ।

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो ।” यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उनी बताउँछन् । तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उनले बताए । फूल बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिए ।

“मैले उत्पादन गरको फूल सबै जिल्लाभित्रै खपत भयो”, उनले भने, “केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ ।” उनले अझै रु चार(पाँच लाखको फूल बारीमा नै रहेको बताए । “मङसिरमा बिहेको लगन आउँदैछ, त्यो बेला पनि सयपत्री फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ”, उनले भने । उनले रु १२ लाखको फूल बेच्दा एक सिजनमा सबै खर्च कटाएर आफूलाई रु छ(सात लाख बचत हुने बताए । डेढ बिघा जग्गामा फूल बिक्री गरिसकेपछि उनले तोरी लगाइसकेका छन् ।

“यसपटक राम्रो व्यापार भयो, २०८० सालको दसैँमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु”, उनले भने, “वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ ।” उनले २६ वर्षअघिसम्म काठमाडौँमा पढाउने काम गर्नुभएको थियो । “काठमाडौँमा बसेर १० वर्ष पढाउने काम गरेँ”, उनले भने, “त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालेँ, अन्ततः व्यवसाय नै फूलखेती बन्यो ।”

यसपालिको तिहारमा उनले एउटा मालाको रु एक सयमा बिक्री गरे भने प्रतिकेजी रु चार सयमा बिक्री गरेको सुनाए। पाख्रिनले १८ वर्षदेखि व्यावसायिकरूपमा फूलखेती गर्दै आएका छन् । चितवनमा यो पेसा गरेका पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क(४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए । उनी भन्छन्, “फूलसँग रमाउने मेरो रुचि हो । सानैदेखि फूलप्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरँ, यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छाडेँ ।”

अहिले पनि सयपत्री सिजनमा अथवा चाडपर्वको समयमा मात्र उत्पादन गरे पनि राम्रो आम्दानी हुने उनको भनाइ छ । “तीन रुपैयाँमा सयपत्रीको बिरुवा पाइन्छ”, उनले भने, “बीउ आफैँ खरिद गरेर उमार्न सके अझै कम शुल्क पर्छ ।”

हिजोआज सयपत्री फूल व्यवसायिकरूपमा सुरु गर्न करिब रु ५० हजार भए पुग्ने उन बताउँछन् । “पहिला सयपत्री फूलले खासै बजार पाउँदैनथ्यो, अहिले बजारमा धेरै माग बढिरहेको छ”, उनले भने, “अहिले जति उत्पादन गरे पनि बजार नपाइएला भन्ने चिन्ता छैन ।”

यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् । पुष्प खेतीबाट पर्याप्त आम्दानी हँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बन्नुभएको छ । “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन ।

चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन”, उनले भने । बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरूपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हाँस्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ ।

बैसठ्ठी वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसक्नुभएको छ । जो अहिले व्यावसायिकरूपमा फूलखेती गरिरहेका छन् । पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन् । उन नेपालको हावापानीमा सयपत्री फूल सहजै उत्पादन हुने बताउँछन् ।

Previous Post

संविधानको रक्षा गर्न गठबन्धनः शेखर कोइराला

Next Post

निर्वाचनपछि काँग्रेस नेतृत्वकै सरकार बन्छ– डा.महत

सम्बन्धित खबर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
फिचर-ब्यानर

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

७ चैत्र २०८२,
धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद
समाचार

धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

७ चैत्र २०८२,
आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै
खेलमैदान

आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

७ चैत्र २०८२,
पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
समाचार

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

७ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

७ चैत्र २०८२,
Load More
Next Post
निर्वाचनपछि काँग्रेस नेतृत्वकै सरकार बन्छ– डा.महत

निर्वाचनपछि काँग्रेस नेतृत्वकै सरकार बन्छ– डा.महत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In