• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुनढुङ्गा उत्खननका कारण गाउँ नै पहिरोको उच्च जोखिम

by
६ भदौ २०८०,
0
चुनढुङ्गा उत्खननका कारण गाउँ नै पहिरोको उच्च जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कटारी । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन् ।

सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिरोको उच्च जोखिममा परेको हो । “माथि खनेको ढुङ्गासमेत गाउँमा झर्ने गर्छ । कति बेला कसको ज्यान जान्छ भन्न सकिदैन”, टाँटरीका स्थानीय नरबहादुर मगरले भने, “वर्षा छ गाउँमाथिको टापुमा स्काभेटरले खनेको खन्यै छ निदाउन सकिँदैन ।”

गाउँमाथि उत्खनन क्षेत्रमा आधा दर्जन स्काभेटरले नियमित ब्रेकर चलाउँदा भिरालो ठाउँमा रहेको बस्ती हल्लिने गरेको स्थानीय सेब्रे मगरले बताए । “कति बेला पहिराले लैजाने हो की ढुङ्गा झरेर मार्ने हो थाहा छैन”, उनले भने, “हाम्रो जग्गा किनिदिए पनि गाउँ छोडेर हिँड्न हुन्थ्यो ।”

पाँच वर्ष अघिदेखि उक्त क्षेत्रमा सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्टले खानी उत्खनन सुरु गरेको हो । खानी उत्खननका समयमा उक्त बस्ती पनि हटाउने कुरा भए पनि उद्योगले उक्त कार्य नगर्दा बस्ती जोखिममा परेको स्थानीयवासी बताउँछन् ।

उत्खननपछि खानी तथा भूगर्भ विभागको अनुगमनले पनि उक्त बस्ती हटाउनुपर्ने सुझाव दिए पनि उद्योगले बेवास्ता गरेको स्थानीय सूर्य लामाले बताए । “अनुगमनले तुरुन्तै यो बस्ती हटाएर मात्रै काम गर्नु भनेको थियो । तर अझै पनि हटाइएको छैन”, लामाले भने, “बस्ती हटाउन बस्तीको जग्गा जमिन खरिद गर्नुपर्ने भएपछि उद्योगले खर्च नगरी उत्खनन गरिरहेको छ ।”

उद्योगका लागि ‘ए’ ब्लक खानी कार्यालयका माइनिङ इन्चार्ज होमबहादुर बस्नेतले भने मापदण्डअनुसार उत्खनन गरेकाले जोखिम नरहेको दाबी गरे । “विभागको मापदण्डबाहेक एक इञ्च पनि तलमाथि गरेका छैनौँ”, इञ्चार्ज बस्नेतले भने, “अनुगमन नियमित आउँछन् हामीले लापरबाही गर्नै मिल्दैन ।”

वर्षाको समयमा पनि खानीमा नियमित उत्खनन जारी छ । वर्षामा झनै माटो खुकुलो भएर स्काभेटर चलाउँदा भित्ता थर्किने र पहिरो जाने जोखिम रहेको स्थानीयवासी बताउँछन् । वर्षामा उत्खनन गर्न नमिल्ने भए पनि उद्योगले जबरजस्ती गरेको स्थानीयवासीको आरोप छ ।

तर खानी तथा भूगर्भ विभागका प्रवक्ता सुपरिटेण्डेट जियोलोजिष्ट मोनिका झा वर्षामा उत्खनन बन्द गर्ने भनेको स्थानीय निकायको अधिकारमा नदीजन्य वस्तु मात्र रहेको बताँछिन् । खानी उत्खनन जहिले पनि गर्न मिल्ने झाको भनाइ छ । खानी उत्खनन गरिएको क्षेत्रसँगै जोडिएको लल्लरी खोला रहे पनि स्थानीय सरकारले यसको विषयमा चासो नदिएको स्थानीयवासीको भनाइ छ ।

Previous Post

हवाई डढेलोमा एक सय पन्ध्र जनाको मृत्यु

Next Post

कोशीका मुख्यमन्त्रीलाई पदमुक्त गराउन माग गर्दै एमाले फेरि सर्वोच्चमा

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

१७ असार २०८३,
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
आवाज

विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

१७ असार २०८३,
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित
खेलमैदान

विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

१७ असार २०८३,
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
आर्थिक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१७ असार २०८३,
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
आर्थिक

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
अन्तर्राष्ट्रिय

युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

१७ असार २०८३,
Load More
Next Post
प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

कोशीका मुख्यमन्त्रीलाई पदमुक्त गराउन माग गर्दै एमाले फेरि सर्वोच्चमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In