• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागलुङमा चारपाङ्ग्रेको लाइसेन्स परीक्षा पुनःसञ्चालन हुँदै

by
५ भदौ २०८०,
0
७० अङ्कको ट्रायलमा बागमती सरकारको भाँजो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । म्याग्दीलगायत साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ ।

नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुनसकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले यसै महिनादेखि चारपाङ्ग्रे सवारीसाधनको ‘लाइसेन्स’ परीक्षा सुरु गर्ने ट्रायल सेन्टर छनोट भइसकेको जानकारी दिए ।

‘ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारीसाधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियौँ’, उनले भने, ‘प्रतिस्पर्धामार्फत छनोट भएको धवलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङलाई सम्झौताका लागि बोलाएका छौँ ।’

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा लिन लागेको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

‘कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गर्न लागिएको हो’, प्रमुख थापाले भने, ‘लामो समयसम्म चारपाङ्ग्रेको ट्रायल रोकिँदा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही लाइसेन्सका लागि बाहिर जानुपर्ने बाध्यता अब हट्छ ।’

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धवलागिरि क्षेत्र लाभान्वित हुने बताए। ‘बागलुङमा चारपाङ्ग्रेको ट्रायल सञ्चालन गर्न मन्त्रालयले चासो र पहल लिएको छ’, उनले भने, ‘बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्कीलगायतका कार्यालयमा सेवाग्राहीको चाप पनि घट्छ ।’

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुनसकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् ।

सवारी चालक अनुमतिपत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए ।

Previous Post

गण्डकीका समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै

Next Post

धनुषामा ‘लम्पी स्किन’ रोगविरुद्ध पशुलाई खोप

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
धनुषामा ‘लम्पी स्किन’ रोगविरुद्ध पशुलाई खोप

धनुषामा ‘लम्पी स्किन’ रोगविरुद्ध पशुलाई खोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In