आश्चर्य भएन त ? चराहरुको मूल विशेषता नै उड्नु हो । तर नाम मात्रका चरा, बिचरा उड्न सक्दैनन् ।
उड्न नसक्ने संसारको सबैभन्दा ठूलो चरा सुतुमुर्ग हो । यो चरा २.५ मिटर अग्लो हुन्छ र आफूमाथि शत्रुले आक्रमण गर्न लाग्दा तेज गतिले भाग्दछ । यसरी भाग्दा एकै लात मात्र हान्न पाए पनि घोडालाई समेत ठहरै पार्छ । यसका बलिया पञ्जाले सिंहलाई समेत पछार्न सक्छन् ।
त्यस्तै, पेन्गुइन हिमाली चिसो क्षेत्रमा पाइने उड्न नसक्ने चरा हो । यो मानिस बसेर हिँडेजस्तो गरी हिँड्छ । अर्काे उड्न नसक्ने चरा किवी हो । यो न्युजिल्याण्डमा पाइन्छ । यसले सुँघेको भरमा राति आफ्नो आहारा खोज्छ । त्यस्तै, उड्न नसक्ने तर कसैसँग नडराउने अर्काे चरा कासोबारी हो । यो इण्डोनेसियामा पाइन्छ । यसले पशु तथा मान्छेलाई आफ्ना बलिया अंकुशे नङ्ग्राहरुले आक्रमण समेत गर्दछ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













