नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा। बाबुराम भट्टराई र माधवकुमार नेपालसँग बयान लिएको छ।
उक्त प्रकरणमा प्रधानमन्त्रीद्वयसँग बयान नलिएको भन्दै तीव्र आलोचना भएपछि आइतबार साँझ भट्टराई र नेपालसँग बयान लिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले सीआईबीलाई दिएको बयानबारे ट्वीटरमार्फत भनेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु१’
उनले थप लेखेका छन्, ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने तत्कालीन प्रधानमन्त्री डा।बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि अनुसन्धान गर्ने बाटो खुलेको थियो।













