• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मासु उत्पादनमा अनुदान, घाँस खेती गर्नेलाई प्रोत्साहन

by
४ भदौ २०८०,
0
मासु उत्पादनमा अनुदान, घाँस खेती गर्नेलाई प्रोत्साहन

afv|f kfngaf6 cfDbfgL lnFb}{ uNofª, )! Efbf} M :ofªhfsf] sfnLu08sL ufpFkflnsf–% j]N6f/Lsf lqe'jg Gof}kfg]n] kfn]sf pGgt hftsf afv|f . ef/tsf] k~hfa 6]lSgsn o'lgel;{6Laf6 JofRn/ ckm sDKo'6/ PlKns];g ug'{ePsf Gof}kfg]n] e'ldsf s[lif tyf kz'kfng kmfd{af6 jflif{s ? !% b]lv @) nfv cfDbfgL ub}{ cfpg'ePsf] 5 . t:AfL/ M gf/fo0f ljs÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलो पटक मासुमा अनुदान दिन लागेको हो ।

खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्नका लागि उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा खसीबोका पालन कृषकको सङ्ख्या बढ्दै गएकाले प्रोत्साहनका लागि पहिलो पटक अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

केन्द्र प्रमुख डा। श्रेष्ठले भने, ‘प्रतिकिलो रु दशका दरले अनुदान वितरण गरिनेछ । त्यसका लागि रु २० लाख बजेट विनियोजन भएको छ ।’ बाख्रापालनको सम्भावना बढी भएको ठाउँका कृषकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिनेछ । उनका अनुसार बाख्रापालनको सम्भावना बढी भएका ठाउँमा सहकारीमार्फत खसीबोका बिक्री गर्ने व्यवस्था मिलाइनेछ ।

जिल्लाका व्यास नगरपालिका सहित ऋषिङ, देवघाट र घिरिङ गाउँपालिकामा बाख्रापालन गर्ने कृषकको संख्या बढी छ । त्यहाँका कृषकले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन् । उनले भने, ‘सहकारीमार्फत खसी बोका बिक्री वितरण गर्दा तथ्याङ्क लिन सहज हुन्छ । यो कार्यक्रमले खसीबोका पालनमा कृषकको आकर्षण अझै बढ्ने विश्वास छ ।’

कार्यालयले यसै वर्षदेखि बाँझो जग्गा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । त्यसका लागि रु १८ लाख ६० हजार बजेट विनियोजन भएको छ । पशुपालन गर्ने कृषकलाई जग्गा बाँझो नराखी घाँसखेतीमा लाग्न प्रोत्साहित गर्न यो कार्यक्रम ल्याइएको जनाइएको छ । कार्यालयले छ सय २० रोपनी क्षेत्रफलमा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउनेछ । प्रति रोपनी रु तीन हजारका दरले रकम उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

कार्यालयले पशुपंक्षी तथा मस्त्य व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तर्गत माछा भुरा खरिद ढुवानी वितरणका लागि रु चार लाख, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु ९० लाख, कृषि ऋणमा ब्याज अनुदानअन्तर्गत रु चार लाख, कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडीबाच्छी हुर्काउन रु ७० लाख बजेट विनियोजन गरेको छ ।

पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत नियमित उपचार सेवाका लागि रु सात लाख, प्रयोगशाला सेवा सञ्चालनका लागि रु पाँच लाख, मत्स्य स्वास्थ्य घुम्ती शिविरका लागि रु एक लाख, आकस्मिक उपचार तथा रोग नियन्त्रण सेवा सञ्चालनका लागि रु छ लाख, गाईभैंसीमा बाँझोपन निवारण घरदैलो शिविर सञ्चालनका लागि रु आठ लाख बजेट विनियोजन भएको केन्द्रले जनाएको छ ।

अस्पताल भवन बन्दै

केन्द्रको हाल सुविधासम्पन्न भवन निर्माण भइरहेको छ । प्रदेश सरकारको सहयोगमा नमूना भेटेरिनरी अस्पताल निर्माण सुरु गरिएको हो । रु दश करोडको लागतमा भवन निर्माण हुनेछ ।

भवन निर्माणका लागि चालु आवमा रु दुई करोड ७० लाख बजेट विनियोजन भएको छ । गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यसहित नमूना अस्पताल निर्माण भइरहेको केन्द्रका प्रमुख डा। श्रेष्ठले जानकारी दिए । ‘विज्ञ केन्द्रबाट हाल सामान्य मात्रै चिकित्सा सेवा उपलब्ध भइरहेकामा अस्पतालको भवन निर्माणसँगै थप सेवा प्रदान गरिनेछ’, उनले भने । छ सय पाँच वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ । त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् । ‘पशुपंक्षीको उपचार उच्च प्रविधिबाट गर्न प्रयोगशाला पनि सञ्चालन गर्छौं’, उनले भने, ‘अस्पताल भवन निर्माणसम्पन्न सँगै तनहुँका अतिरिक्त छिमेकी पालिकाका कृषकले पनि सेवा पाउने छन् ।’

अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशालालगायतको सुविधा हुनेछ । जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ । ‘अहिले पनि पशुपंक्षीको उपचार भइरहेको छ, तर यो अस्पताल बनेपछि विशिष्ट सेवा प्रदान हुनेछ’, उनले भने । तनहुँमा पशुपालन गर्ने कृषकको संख्या बढ्दै जाँदा सुविधासम्पन्न अस्पतालको खाँचो थियो ।

Previous Post

सुस्मिता सेनलाई मानार्थ पिएचडी

Next Post

भारत सरकारद्वारा प्याजमा कर, नेपालमा असर

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
५ महिनामा २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात

भारत सरकारद्वारा प्याजमा कर, नेपालमा असर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In