केराले भनेछः हेर कागती ! मलाई तिम्रो कस्तो माया लाग्छ ।
कागतीः किन ?
केराः तिमीलाई मानिसहरुले निचोरी निचोरी खान्छन् त्यसैले ।
कागतीः मलाई त मेरो भन्दा पनि तिम्रो झन् माया लाग्छ ।
केराः किन ?
कागतीः तिमीलाई मानिसहरुले नाङ्गै पारेर खान्छन् त्यसैले ।
आमा र छोरा
आमा र छोरा कुरा गरेको बेलामा आमाले भनिन्—
आमाः छोरा तेरो लागि एउटी राम्री २० वर्षीय केटी खोज्नुप¥यो ।
छोराः आमा २० वर्षीय नै किन र दश÷दश वर्षकी दुईओटी केटी खोजे हुँदैन र ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













