• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    ‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनर्निर्माण थालियो

by
३ भदौ २०८०,
0
बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनर्निर्माण थालियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनर्निर्माण थालिएको छ ।

समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र मनकारी व्यक्ति जुटिरहेका छन् भने मुस्ताङवासीले विपदमा परेका कागबेनीवासीको व्यवस्थापन र पुनर्निर्माणमा श्रमदान गरिरहेका छन् ।

गण्डकी प्रदेश सरकारले बाढीपीडित बनेका नागरिकलाई राहत सामग्रीसहित उद्धार, उपचार र पुनःस्थापनाको काम गर्न सुरु गरेको छ । घरबारविहीन भएका कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन, उपकरण तथा सवारीसाधनका लागि प्रदेश सरकारले इन्धनलगायतका सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिए ।

त्यसैगरी प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने, बाढीपहिरो क्षेत्रमा हुनसक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भू–संरक्षणलगायतका काम गरिरहेको उनले बताए । कागबेनीको पुनर्निर्माणका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, फरक–फरक स्थानीय तह, जिल्ला समन्वय समितिलगायतले काम गरिरहेका अध्यक्ष गुरुङले जानकारी दिए ।

स्थानीय नागरिकसँगै सुरक्षाकर्मी पनि कागबेनीवासीको पुनःस्थापनाका लागि दैनिकरूपमा खटिरहेका छन् । स्थानीय जनप्रतिनिधिसहित सांसद बसेर बाढीपीडितका लागि गर्न सकिने विकल्पको बारेमा योजना बनाउने र सोहीअनुरुप अघि बढ्ने काम भइरहेका उनले जानकारी दिए ।

राहत तथा उद्धारमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारमातहतका निकायलगायत सबै सरकारी तथा गैरसरकारी सङ्घसंस्था, देश–विदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ । आर्थिक सहयोगका लागि वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रभु बैंकमा रहेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता’को खाता नं २०८०१५१४१२७००२२१ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

बाढीले कागबेनीका २९ घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ । दुईपाङ्ग्रे १६ र चारपाङ्ग्रे दुईवटा गरी १८ सवारीसाधन, एउटा एक्स्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेबल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुङ्गे पुल, तीनवटा काठेपुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी गाउँपालिकाको ४ नं वडाको वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्र समेत बगाएको छ ।

Previous Post

आराम छोडेर आरनमा रमाउँदै सुशील

Next Post

खाद्य संकट देखिने भएपछि किम जोङ पुगे धान खेतमा

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

२९ जेष्ठ २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
अन्तर्राष्ट्रिय

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

२९ जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
आर्थिक

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

२९ जेष्ठ २०८३,
मङ्गलेखानीमा खेलमैदान निर्माण
आर्थिक

मङ्गलेखानीमा खेलमैदान निर्माण

२९ जेष्ठ २०८३,
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
आर्थिक

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

२९ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

२९ जेष्ठ २०८३,
Load More
Next Post
खाद्य संकट देखिने भएपछि किम जोङ पुगे धान खेतमा

खाद्य संकट देखिने भएपछि किम जोङ पुगे धान खेतमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In