हामीलाई लाग्छ माकुरो किरा नै हो । तर वैज्ञानिक वर्गीकरणमा माकुरो कीराको वर्गभित्र पर्दैन । यो कीराभन्दा भिन्न ‘एराच्निड्स’ वर्गमा पर्दछ । यस वर्गमा आठवटा खुट्टा, आठवटा आँखा तथा दुई भागमा विभक्त शरीर र पेखेटा हुने जीव पर्दछन् । तर माकुराको शरीरमा पखेटा तथा एन्टेना भने हुँदैन ।
माकुरो जहाँ पनि, जस्तोसुकै वातावरणमा पनि पाइन्छ । यो जीव हावा, पानी, जमिन, रुख, माटोमुनि जताततै पाइन्छ । तर प्रजाति अनुसार परिवेश फरक हुन्छ । माकुरो ८ सेन्टिमिटर लामोदेखि आँखाले नै देख्न नसकिने आकारसम्मको पनि हुन्छ । यसका केही प्रजातिहरु पानी नखाइकनै पनि बाँच्न सक्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













